भक्तपुर नगरपालिका अनुगमन समितिद्वारा च्याम्हासिंहमा मिठाई र फलफुल पसल अनुगमन ।

भक्तपुर नगरपालिका अनुगमन समितिद्वारा च्याम्हासिंहमा मिठाई र फलफुल पसल अनुगमन ।

भक्तपुर, १५ कार्तिक । भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक एवं वडा नं ३ का वडाध्यक्ष राजकृष्ण गोराको नेतृत्वमा च्याम्हासिंहमा रहेको मिठाई र फलफुल पसल अनुगमन गरियोे । तिहारलाई मध्य नजर गरी मिठाइ पसल र फलफुल पसल अनुगमन गरेकोमा प्याकेजिड्ड सामानहरु खाद्य विभागबाट अनुज्ञापत्र लिई लेवल राखी मात्र विक्रि वितरण गर्नु पर्नेमा अधिकांश पसल नगरेको र एकदुई वटा पसल फोहर र म्याद नाघेको सामान भेटिएको संयोजक गोराले बताउनु भयो ।
अनुगमनमा नवदुर्गा एण्ड चाट हाउसमा प्याकेजिड्ड सामानहरु खाद्य विभागबाट अनुज्ञापत्र लिई लेवल राखी मात्र विक्रि वितरण गर्न, कामदारलाई एप्रोन, माक्स, पञ्जा, हेयर क्याप प्रयोग गर्न र निजकै मःमः पसल दर्ता गर्न निर्देशन दियो ।
त्यस्तै सृष्टि फुड सेन्टरमा पसल नविकरण गर्न, मुल्य सूचि राख्न निर्देशन दियो ।
त्यस्तै ब्रम्हायणी जुस एण्ड फुड सेन्टरमा मुल्य सूचि राख्न र म्याद नाघेको सामानहरु कोक २०० मिलिको ७ वटा, स्प्राइट ५०० मिलिको ९ वटा, ड्यू ५०० मिलिको १ वटा, डार्क फान्टासि विस्कुट ५ पाकेट, चकलेट कुकिज ४ पाकेट जफत गरी नष्ट गरियो भने तीन दिन भित्र कार्यालयमा उपस्थित हुन निर्देशन दियो ।
त्यस्तै दिनेश लाछिमस्यूको मिठाई पसल मुल्य सूचि राख्न, प्याकेजिड्ड सामानहरु खाद्य विभागबाट अनुज्ञापत्र लिई लेवल राखी मात्र विक्रि वितरण गर्न, भान्छामा फोहर नहुने गरी चिम्नि राख्न निर्देशन दियो ।
त्यस्तै चा“गुनारायण फ्रुटस सेन्टर दर्ता नभएकोले अन द स्पोटमा नै दर्ता गराई म्याद नाघेको वा विग्रेको सामानहरु शुद्ध मकैको पिठो ५ पाकेट, स्वादिष्ट फापरको पिठो ५ पाकेट, ड्यू ५०० मिलिको १ वटा, उली चकलेट १ बट्टा जफत गरी नष्ट गरियो भने प्याकेजिड्ड सामानहरु खाद्य विभागबाट अनुज्ञापत्र लिई लेवल राखी मात्र विक्रि वितरण गर्न निर्देशन दियो ।
त्यस्तै लक्ष्मी स्विटस् एण्ड प्यालेसमा प्याकेजिड्ड सामानहरु खाद्य विभागबाट अनुज्ञापत्र लिई लेवल राखी मात्र विक्रि वितरण गर्न र ढक तराजु नापतौल विभागमा नविकरण गर्न निर्देशन दियो ।
त्यस्तै न्यू दोलखाली मिठाई भण्डारमा रंग बढी भएको पुरी साढे एक केजि र विग्रेको तेल १ लिटर जफत गरी नष्ट गरियो भने भान्छाकोठा एकदमै फोहर देखिएकोले सफा गर्न, खानेपानी शुद्ध प्रयोग गर्न र ड्रमको पानी मिठाईमा प्रयोग नगर्न, मुल्य सुचि राख्न, प्याकेजिड्ड सामानहरु खाद्य विभागबाट अनुज्ञापत्र लिई लेवल राखी मात्र विक्रि वितरण गर्न, कामदारलाई एप्रोन, माक्स, पञ्जा प्रयोग गराउन निर्देशन दिएको वडा निरिक्षक रामकृष्ण प्रजापतिले बताउनुभयो ।
अनुगमन समितिका सदस्य हरिराम सुवाल, रोशन मैंया सुवाल, भनपा श्यानिटेशका व.नि.रामकृष्ण प्रजापति, कर शाखाका मोहनदेवी व्याञ्जूू, राष्ट्रिय उपभोक्ता मञ्चका लक्ष्मी भण्डारी, उद्योग बाणिज्य संघका विश्वराम दुवाल, घरेलु तथा साना उद्योग संघका लक्ष्मी प्रसाद बाटी, महानगरीय प्रहरी परिसरका साहायक प्रहरी नायब निरिक्षक सरोज खत्रीको सहभागी थियो ।