सूर्यविनायक नगरपालिकाभित्रका शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकारसम्बन्धी विभिन्न समस्याको प्रतिवेदन सार्वजनिक ।
सूर्यविनायक नगरपालिकाभित्रका शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकारसम्बन्धी विभिन्न समस्याको प्रतिवेदन सार्वजनिक गरिएको छ । औपचारिक क्षेत्र सेवा केन्द्र ९इन्सेक०को आयोजना तथा मानवअधिकार समूह सूर्यविनायक नगरपालिकाले विभिन्न ठाउँमा गरेको अन्तक्र्रिया र अनुसन्धानका आधारमा पहिचान गरिएको समस्याको आज सार्वजनिक गरिएको छ ।
सूर्यविनायकमा देखिएका समस्यामध्ये शिक्षातर्फ सामुदायिक विद्यालयमा अनावश्यक शिक्षक सङ्ख्या रहेको, शिक्षक भर्ती केन्द्र बनाइएको तर विषय शिक्षकको अभाव रहेको, निःशुल्क शिक्षा भनिए पनि विभिन्न शीर्षकमा विद्यार्थीसँग शुल्क लिएको, कोरोनाले भएको लकडाउनमा अनलाइन कक्षा प्रभावकारी र अनिवार्य नगरिएको, बालअधिकार समूह र मानवअधिकार शिक्षासम्बन्धी विद्यालयमा अध्ययन नगराइएको, विद्यालय अपाङ्गमैत्री नभएको, खेलकुद, शारीरिक व्यायाम गराउने प्रशिक्षक नभएको, विद्यार्थीका लागि विद्यालयमा हेल्प डेस्कको व्यवस्था नभएको, प्रविधिक शिक्षा पठनपाठनमा व्यवस्था नगरिएको, गरिब–जेहेन्दारलाई उच्च शिक्षाका लागि छात्रवृत्तिको व्यवस्था नभएको, सबै विद्यालयमा कम्प्युटर शिक्षा नभएको, विद्यालयमा दिवाखाजा प्रभावकारी नभएको समूहका सूर्यविनायकका अध्यक्ष कृष्णप्रसाद न्यौपानेले जानकारी दिनुभयो ।
त्यस्तै स्वास्थ्यतर्फ स्वास्थ्यचौकीमा कर्मचारीको अभाव रहेको, निःशुल्क औषधिको सहज व्यवस्था नभएको, खोपको पर्याप्त मात्रामा व्यवस्था नभएको, एक विद्यालय एक नर्सको व्यवस्था नभएको, असक्त, ज्येष्ठ नागरिक, बालबालिका, अपाङ्गता भएकाको सहज स्वास्थ्य व्यवस्था नभएको, स्वास्थ्यचौकीप्रति जनविश्वासमा घट्दै गएकोजस्ता समस्या पाइएको छ । खाद्य समस्यातर्फ बजारमा अखाद्य वस्तुको बिक्री व्यापक भएको, बजार अनुगमन देखावटी मात्रै भएको, कृषिमा पहुँचवाला र अवास्तविक कृषकले मात्रै अनुदान पाएको तथा कृषक मारमा परेको पाइएको छ । त्यस्तै आवासतर्फ विसं २०७२ मा भूकम्पले क्षति पु¥याएको घरको पुनःनिर्माण कार्य अझै ५० प्रतिशत पनि सम्पन्न नभएको, भूकम्पपीडित जस्ताको टहरा र चर्किएका घरमा बस्न बाध्य भएको, भूमिहीन, गुठीको जग्गा र सुकुम्बासी नागरिकको आवास निर्माण गर्न कठिन भएको, बाटोका मापदण्डले साँघुरिँदै गएको घडेरीमा आवश्यकतानुसार घर निर्माणमा बाधा पुगेको, सयुक्त आवास निर्माण नीति नभएकोजस्ता समस्या देखिएको अध्यक्ष न्यौपानेले बताउनुभयो ।
प्रतिवेदन सार्वजनिक गर्दै उहाँले शिक्षा, स्वास्थ्य, कृषि र आवासमा देखिएको समस्यासहित समाधानको माग गर्दै तिहारपछि सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापालाई ज्ञापनपत्र बुझाउने जानकारी दिनुभयो । –––
Featured Posts – Style 1
महासंघका नव-निर्वाचित पदाधिकारीहरूलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न
2026-07-16 Comments Off on महासंघका नव-निर्वाचित पदाधिकारीहरूलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न
महासंघका नव-निर्वाचित पदाधिकारीहरूलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न भक्तपुर घरेलु तथा साना उद्योग संघ र भक्तपुर घरेलु बचत तथा ऋण...
इताछें विनायक साकाेसले गर्याे याेजना तर्जुमा गाेष्ठी
2026-07-15 Comments Off on इताछें विनायक साकाेसले गर्याे याेजना तर्जुमा गाेष्ठी
इताछें विनायक साकाेसले गर्याे याेजना तर्जुमा गाेष्ठीभक्तपुर,गत वर्ष भक्तपुर जिल्ला सहकारी संघबाट भक्तपुर जिल्लाकाे उत्कृष्ठ सहकारी हुन सफल ईताछें विनायक...
मधेसी भएकै कारण कुटपिट?’— माजिदसँग भेटेपछि महतोद्वारा निष्पक्ष छानबिनको माग
2026-07-14 Comments Off on मधेसी भएकै कारण कुटपिट?’— माजिदसँग भेटेपछि महतोद्वारा निष्पक्ष छानबिनको माग
मधेसी भएकै कारण कुटपिट?’— माजिदसँग भेटेपछि महतोद्वारा निष्पक्ष छानबिनको माग माजिद अन्सारी प्रकरणमा राजेन्द्र महतोको प्रश्न : कानुनी आधारबिनै पक्राउ...
भक्तपुर उवासंघको संस्थागत क्षमता स्वःमूल्यांकन कार्यक्रम सम्पन्न
2026-07-14 Comments Off on भक्तपुर उवासंघको संस्थागत क्षमता स्वःमूल्यांकन कार्यक्रम सम्पन्न
भक्तपुर उवासंघको संस्थागत क्षमता स्वःमूल्यांकन कार्यक्रम सम्पन्न भक्तपुरः भक्तपुर उद्योग वाणिज्य संघको संस्थागत क्षमता स्वःमूल्यांकन कार्यक्रम सम्पन्न भएको छ ।...
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कलेजो प्रत्यारोपणको निरन्तरता
2026-07-14 Comments Off on शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कलेजो प्रत्यारोपणको निरन्तरता
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कलेजो प्रत्यारोपणको निरन्तरता शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरमा केही समयको लागि रोकिएको कलेजो प्रत्यारोपण...













