भक्तपुर नपा ८ वडाबासीबीच शुभकामना आदानप्रदान
२०७८ असोज २५ गते, सोमबार
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा भक्तपुर नगरपालिका वडा नं. ८ का वडाबासीहरुबीच आइतबार दशैंको उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा बोल्नुहु“दै नगर प्रमुख प्रजापतिले नेपालीहरुको महान् चाड बिजया दशैं मनाउनुको सामाजिक र सांस्कृतिक महत्व भएको बताउनुहुँदै दशैंसँगै निम्तिने आर्थिक तथा सामाजिक विकृतिबाट टाढा रहनुपर्ने बताउनुभयो ।

जनप्रतिनिधि जनताका असल मित्र हुन् र जनप्रतिनिधिले जनताको भावनाअनुसार काम गर्नुपर्नेमा जोड दिनुहुँदै उहाँले भक्तपुर नपाले समाजलाई सांस्कृतिक र राजनीतिक रुपले अगाडि बढाउने उद्देश्यका साथ अगाडि बढिरहेको बताउनुभयो ।
उहाँले फुर्सदको समयलाई प्रगतिशील तरिकाले सदुपयोग गर्न अनुरोध गर्दै जनतालाई समाजसेवी र स्वयम्सेवी भावनाले काम गर्न प्रेरित गर्नुपर्ने बताउनुभयो ।
भक्तपुर नपा वडा नं. ८ का वडाध्यक्ष महेन्द्र खायमलीले वडाबासीहरुलाई सामाजिक गतिविधिमा क्रियाशील राख्न वडाले विभिन्न कार्यक्रमहरुलाई प्राथमिकताका साथ अगाडि बढाउँदै आइरहेको बताउनुभयो । नेपाललाई विदेशीको उपनिवेश बनाउने ढंगले अगाडि ल्याइएको देशघाती एमसीसी सम्झौता कुनै पनि हालतमा अनुमोदन गर्न नदिन नहुने सचेत र देशभक्त जनता यसको विरोधमा आवाज उठाउनुपर्ने बताउनुभयो ।
नेमकिपा वडा नं. ८ का वडा इन्चार्ज कृष्णप्रसाद कोजुले युवाहरुलाई शारीरिक र मानसिक रुपमा स्वस्थ हुने गतिविधि सञ्चालनमा वडाले ध्यान दिनुपर्ने बताउनुहुँदै नयाँ पुस्तालाई सैद्धान्तिक र व्यवहारिकको खाँचो रहेको बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नपा वडा नं. ८ का वडासदस्यद्वय पन्चमाया दुवाल र शिवप्रसाद बाला र वडा सचिव राजेश दिष्टीले पनि शुभकामना दिनुभएको थियो ।
Featured Posts – Style 1
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
2026-08-30 Comments Off on ४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटनभक्तपुर, १४ भदौंनेपाल भाषा साहित्य तःमुज्याको ४६ औं सृखला गोल्मढीमा हुने भएसँगै सो तःमुज्याको...
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
2026-08-30 Comments Off on लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं...
बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वान
2026-08-30 Comments Off on बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वान
बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वानभक्तपुर, भाद्र १४ गतेभाद्र १० गतेका दिन भोटेकोशीको नदि र त्रिशुली नदि क्षेत्रमा आएको...
महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्न
2026-08-28 Comments Off on महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्न
महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्नभक्तपुर भाद्र १२ गते । मुक्ति संगीत प्रशिक्षण केन्द्र भक्तपुरको...
भोटेकोशीका बाढी पीडितको राहत र पुनस्र्थापनाका लागि भक्तपुर सहयोग विकास संघको अपिल; ५० वटा शव बाकस सहयोग गर्ने ।
2026-08-28 Comments Off on भोटेकोशीका बाढी पीडितको राहत र पुनस्र्थापनाका लागि भक्तपुर सहयोग विकास संघको अपिल; ५० वटा शव बाकस सहयोग गर्ने ।
भोटेकोशीका बाढी पीडितको राहत र पुनस्र्थापनाका लागि भक्तपुर सहयोग विकास संघको अपिल; ५० वटा शव बाकस सहयोग गर्ने ।भक्तपुर, १२...














