काठमाडौंको मुटुमा ये“ देय् सांस्कृतिक छे“
हनुमानढोका दरबार परिसरबाट झन्डै ५०० मिटरको दुरीमा रहेको धर्मपथस्थित कामपाको पुरानो भवन रहेको खाली जग्गामा अब काठमाडौंकै पहिचान प्रतिबिम्बत हुने गरी सांस्कृतिक भवन बनाउने योजना अघि सारिएको छ । ‘येँ देय् सांस्कृतिक छेँ’ नाम रहने उक्त भवन कामपा २२ वडास्थित पुरानो भंसार टोलमा निर्माण गरिने छ । हाल खुल्ला पार्किंगको रूपमा प्रयोग गरिएको उक्त जग्गाको क्षेत्रफल ८२६.६३ वर्ग मिटर (करिब १ रोपनी १० आना) रहेको छ ।
पूर्ण रुपले काठमाडौंको मल्लकालीन वास्तुशैलीमा आधारित भई निर्माण गरिने उक्त सांस्कृतिक भवनको बीचमा परम्परागत बहाल शैलीमा निर्मित एक चोक पनि रहने छ । भवनमा विभिन्न प्रकारका काष्ठकलाले भरिएका कलात्मक झ्यालहरू जडित हुनेछन् ।
काठमाडौँ महानगरपालिका कला, संस्कृति, वास्तुकला एवं मूर्त÷अमूर्त सम्पदामा निक्कै नै धनी शहरका रुपमा विश्व समक्ष प्रख्यात छ । हालको बढ्दो शहरीकरण तथा बदलिँदो जीवन शैलीसँगै सम्पदा संरक्षणको अभावले गर्दा यहाँ विद्यमान महत्वपूर्ण धरोहरहरू क्रमशः लोप हुने अवस्थामा रहेका छन् । यसै कुरालाई मध्यनजÞर गर्दै काठमाडौंको परम्परागत कला, संस्कृतिको विविधता र भावनाको बारेमा जानकारी संकलन र सम्प्रेषण तथा सम्पदा प्रवर्धन गर्ने उद्देश्यले यस ‘येँ देय् सांस्कृतिक छेँ’को अवधारणा प्रस्तुत गरिएको हो ।

यो भवनको प्रयोग काठमाडौं बारे अध्ययन अनुसन्धान गर्ने बौद्धिक एवं प्राज्ञिक कार्यको लागि गरिने छ । यहाँ काठमाडौं बारे कुनै पनि प्रकारको जानकारी प्राप्त गर्न सकिने सूचना केन्द्र, काठमाडौं उपत्यकाको कला, संस्कृति, वास्तु, भाषा, जाति सम्बन्धी पुस्तक एवं शोधग्रन्थहरू संग्रहित रहेको पुस्तकालय, फिल्म, डकुमेन्ट्री आदि जस्ता सामग्रीहरू रहने छन् । आवश्यक अनुसन्धाताहरूले त्यहीं बसी ती सामग्रीहरूको अध्ययन गर्न सक्छन् । साथै त्यहाँ साना गोष्ठी एवं सेमिनारहरू सञ्चालन गर्ने हल पनि रहनेछ ।
भवनको तल्ला विभाजन अनुसार भुइँतल्लामा आगन्तुक कक्ष, चीबाहाः सहितको मुल चोक, हाम्रो काठमाडौँ बजार, पर्यटक सूचना केन्द्र, बहुउद्देश्यीय हल, क्याफे, कोसेली घर, प्रदर्शनी कक्ष जस्ता स्थानहरू रहने छन् । पहिलो तल्लामा काठमाडौँ संग्रहालय, दुई वटा श्रव्य–दृश्य हलहरु, बैठक कक्ष रहने छ । दोस्रो तल्लामा काठमाडौँ संग्रहालय, एउटा श्रव्य–दृश्य हल र बैठक कक्ष रहने छ । तेस्रो तल्लामा काठमाडौँ पुस्तकालय, बैठक कक्ष, शौचालय रहने छ भने चौथो तल्लामा काठमाडौँ उत्पादनहरू सम्बन्धी अनुसन्धान र विकासको लागि कार्यकक्ष रहने छ ।
समय सापेक्ष ढंगबाट काठमाडौँ महानगरपालिकाको पहिचान बोकेका कुनै पनि वस्तुहरुको ब्रान्ड प्रवद्र्धन तथा बिस्तार गर्ने उद्देश्यले यहाँ ‘हाम्रो काठमाडौँ बजार पसल’ रहने छ । त्यहाँ काठमाडौंमा उत्पादन भएका विभिन्न सामग्रीहरू बिक्री वितरण गरिने छ ।
यो पूरै भवन वातावरण मैत्री तथा अपाङ्ग मैत्री हुनेछ । साथै कामको स्वरुप अनुरुप आन्तरिक कार्यक्षेत्रको योजना गरी समन्वकारी कार्यकक्षलाई प्रोत्साहन हुने गरी खुला योजनाको अवधारणा अनुरुप डिजाइन गरिएको छ । आन्तरिक एवं बाह्य पर्यटकहरूले यहाँ आई काठमाडौं सम्बन्धी कुनै पनि प्रकारका जानकारीहरू हासिल गर्न सक्दछन् ।
काठमाडौं महानगरपालिकाले नगरको तल्लो भेगको इतिहासलाई जीवन्त बनाउन त्यस क्षेत्रको पनि अध्ययन गर्ने उद्देश्य लिएको छ । लिच्छविकालमा दक्षिण कोलिग्रामका नामले परिचित यस क्षेत्रमा अझै पनि लिच्छविकालीन र मल्लकालीन सांस्कृतिक सम्पदा, शिलालेखहरू प्रशस्त पाइएका छन् । त्यसको अनुसन्धान गरी यसको केन्द्रका रूपमा पनि येँ देय् सांस्कृतिक छेँलाई प्रयोग गर्न सकिने योजना बनाइएको छ ।
यो कलात्मक भवनको निर्माणले उक्त क्षेत्रको स्वरुपलाई नै नयाँपन दिनुका लागि काठमाडौंको अध्ययन अनुसन्धान कार्यलाई पनि यसले नयाँ आयाम दिने विश्वास लिइएको छ ।
https://www.culturalsurvival.org/news/kathmandus-newar-indigenous-community-warns-climate-change-destroying-their-ancient-culture
Featured Posts – Style 1
भक्तपुरका शिक्षकहरूबीच विजयादशमीको शुभकामना आदानप्रदान
2026-10-15 Comments Off on भक्तपुरका शिक्षकहरूबीच विजयादशमीको शुभकामना आदानप्रदान
भक्तपुरका शिक्षकहरूबीच विजयादशमीको शुभकामना आदानप्रदान भक्तपुर, असोज २९ गते । नेपाल क्रान्तिकारी शिक्षक संघ, वागमती प्रदेश सम्पर्क समितिको आयोजनामा विजया...
विजया दशमी तथा शुभ दीपावली-२०८३को उपलक्ष्यमा शुभकामना आदानप्रदान
2026-10-15 Comments Off on विजया दशमी तथा शुभ दीपावली-२०८३को उपलक्ष्यमा शुभकामना आदानप्रदान
भक्तपुर, २८ असोज । भक्तपुर जिल्ला बक्सिङ संघको आयोजनामा विजया दशमी तथा शुभ दीपावली-२०८३को उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रम ४६ आैं नेपाल भाषा साहित्य त:मुज्याका अध्यक्ष एवं ७ नं वडाध्यक्ष उकेश कवाँको प्रमुख आतिथ्यतामा बज्र बुटिक होटल बालाखूमा बुधबार सम्पन्न भयो । कार्यक्रममा प्रमुख अतिथि उकेश कवाँ ले ४६ आैं तमुज्या बारे बताउँदै दशैको फुर्सदको समय र जनता र समाजको आवश्यकता अनुसार अगाडि बढेको बताउँदै जसरी पदार्थबाट चेतना आए अनुसार समय परिस्थितिको आवश्यकता अनुसार त:मुज्या स्थापना भएको र जनतालाई चेतना दिन र दविएर बसेका तल्लो वर्गका जनतालाई उत्थान गर्न हो भन्नुभयो । उहाँले सत्य बोलेर शुकरातले मृत्यु वरण गर्नुपरेको बताउनुभयो । उहाँले प्रकृतिले दिए अनुसार हाइड्रोपावरको विकास गरे रोजगारी सृजना गर्ने तर प्रकृति प्रकोपले हाइड्रोपावरमा क्षतिले यसमा पनि पुनः विचार गर्नुपर्ने साथै पृथ्वीमा बढेको तापक्रमले हिम पहिरोले हिमाल नष्ट हुने भएकोले आैधोगिकरणले आएको प्रदुषणले भएकोमा यसबाट अमेरिका भागेको तर चीन यसबारे सचेत रहेको बताउनुभयो । उहाँले डाटा सेन्टरले नेपालले भन्दा ठुलो देशले फाइदा लिने तर नेपालको सुचना लिने भएकोले देशको हित नहुने देखिएको बताउनुभयो । अहिलेको सरकार ३५ बर्ष शासन गरेको पुरानो सरकार वीच तात्विक भिन्नता नभएको बताउँदै जसरी अमेरिकाले तेलको लागि भेनेजुयलाका मादुरो जसरी अपहरण गरे त्यसरी नै नेपालमा अमेरिकी कथपुतली सरकार बनाएको भन्नुभयो । उहाँले यो सरकारले स्वास्थ्य विमा र शिक्षकलाई दशै खर्च समेत दिन नसकेकोबाट स्पष्ट भएको बताउँदै सिध्दान्त र विचारको बाटो नभएको व्यक्ति गन्तव्य नपुग्ने बताउनुभयो । उहाँले विगतमा ठुला दलले एनजीओबाट कार्यकर्ता पालेकोले देशले आजको स्थिति भोग्नुपरेको बताउनुभयो । कार्यक्रमका सभापति भक्तपुर जिल्ला बक्सिङ संघका अध्यक्ष रामकृष्ण प्रजापतिले शुभकामना दिँदै दशैंलाई भाैतिकवादी दृष्टिकोणले मनाउन अनुरोध गर्नुभयो । उहाँले दशैंजस्तो परम्परागत चाडलाई मार्क्सवादी दृष्टिकोणबाट हेर्दा, यो चाडको सामाजिक, आर्थिक र वर्गीय पक्षलाई बुझ्न आवश्यक हुन्छ भन्नुभयो । उहाँले मार्क्सवादी दृष्टिकोणले धर्म, परम्परा, र सांस्कृतिक अभ्यासहरूलाई वर्गसंघर्षको सन्दर्भमा विश्लेषण गर्नुपर्छ भन्नुभयो । उहाँले दशैं चाड सामन्ती परम्परा र पितृसत्ताको प्रतिनिधि हुने र आर्थिक शोषण र उपभोगवादलाई बढावा दिँदा गरिब तथा मजदुर वर्ग ऋण लिएर पनि चाड मनाउँछन्, तर धनी वर्गले उपभोगवादको रमाइलो गर्छन् भन्नुभयो । उहाँले दशैंलाई अन्धविश्वासको धार्मिक सस्कारलाई चिरेर जानुपर्ने बताउनुभयो । उहाँले दशैंलाई पुरानै ढंगले नमनाई यसको सामाजिक न्याय र समानताको सन्देश दिने गरि मनाउनु पर्ने बताउनुभयो । उहाँले मार्क्सवादी दृष्टिकोणले दशैंलाई सांस्कृतिक पुनर्संरचना गर्ने अवसरका रूपमा प्रयोग गर्न र धार्मिक अन्धविश्वासको स्थानमा वैज्ञानिक सोच, वर्गीय चेतना, र समानतामूलक समाजको निर्माणको अवसरमा मनाउन अनुरोध गर्नुभयो । उहाँले बागमती प्रदेश बक्सिङ संघले दशाैं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि कार्तिक ९ देखि १२ गतेसम्ममा खेलाडी छनाैट गर्ने निर्णय भएको जानकारी दिनुभयो । कार्यक्रममा नेपाल बक्सिङ महासंघका कोषाध्यक्ष गाैतम सुजखुले स्वागत मन्तव्य राख्दै कार्यक्रमको आैचित्यता वारे प्रकाश पार्नुभयो भने कार्यक्रम सचिव साजन लघुले संचालन गर्नुभयो ।
दशैंमा बजार अनुगमन
2026-10-15 Comments Off on दशैंमा बजार अनुगमन
दशैंमा बजार अनुगमन भक्तपुर, २८ असोज । भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा सुकुलढोका रहेको पसलहरुमा बजार अनुगमन...
गजेन्द्रमोक्ष धाममा मंसिर १ देखि विराट महायज्ञ हुँदै, यस्ता छन् मुख्य आकर्षण
2026-10-14 Comments Off on गजेन्द्रमोक्ष धाममा मंसिर १ देखि विराट महायज्ञ हुँदै, यस्ता छन् मुख्य आकर्षण
गजेन्द्रमोक्ष धाममा मंसिर १ देखि विराट महायज्ञ हुँदै, यस्ता छन् मुख्य आकर्षण नवलपरासी । नवलपरासीको पवित्र तीर्थस्थल त्रिवेणीस्थित श्रीगजेन्द्रमोक्ष दिव्यधाममा...
कुम्ह सागर एण्ड खवप ब्याण्डका कलाकारहरूलाई सम्मान
2026-10-14 Comments Off on कुम्ह सागर एण्ड खवप ब्याण्डका कलाकारहरूलाई सम्मान
कुम्ह सागर एण्ड खवप ब्याण्डका कलाकारहरूलाई सम्मान २५ आश्विन, भक्तपुर। मुक्ति संगीत प्रशिक्षण केन्द्र, भक्तपुरको आयोजनामा सुर्यविनायक नगरपालिका–८, रानीकोटस्थित भिलेज...










