सामाजिक गतिविधिहरुमा स्काउटको भूमिका उल्लेखनीय
२०७८ असोज २२ गते, शुक्रबार
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा नेपाल स्काउट पोयोनियर ओपन क्रुका पूर्व रोभर रेन्जर र ऐस गल्र्स मोभमेन्ट २०२० मा सम्मिलित रेन्जर तथा कोभिड १९ को जनेतनामूलक कार्यक्रममा सहभागी स्काउटर तथा रोभर रेन्जरहरुलाई बधाई तथा सम्मान कार्यक्रम २०७८ शुक्रबार देकोचास्थितल कर्भडहलमा शुक्रबार सम्पन्न भयो ।
कार्यक्रममा बोल्नुहुँदै उहाँले सामाजिक गतिविधिहरुमा स्काउटको भूमिका उल्लेखनीय भएको बताउनुहुँदै स्काउटरहरु समाजको निम्ति समर्पित भावका साथ काम गर्ने भावनामा प्रेरित हुनुपर्छ भन्नुभयो ।
भक्तपुर नगरपालिकाले नेपाली सेनासँग समन्वय गरी विपद् व्यवस्थापन समितिमार्फत विभिन्न तालिमहरु सञ्चालन गर्दै आएको बताउनुहुँदै स्काउटबाट आफूले सिकेको तालिमबाट समाजको हितको निम्ति काम गर्नुपर्नेमा जोड दिनुभयो ।
भक्तपुर नपाले स्काउटको परिचय र उद्देश्यबारे प्रष्ट पार्न स्थानीय पाठ्यक्रममा समावेश गरी विद्यार्थीहरुलाई पठनपाठन गर्दै आइरहेको उहाँले बताउनुभयो ।
भक्तपुर नपा वडा नं. ६ का वडाध्यक्ष हरिराम सुवालले वडाका गतिविधिबारे अवगत गराउनुहुँदै खेलकुद क्षेत्रमा पनि नगरपालिकाले विविध गतिविधिमा जोड दिँदै युवाहरुको क्रियाशीलता बढाइरहेको बताउनुभयो ।
कार्यक्रमका सभापति एवम् पायोनियर ओपन क्रुका अध्यक्ष रबिन्द्र बासुकलाले सामाजिक गतिविधिमा भएको गतिविधिबारे जानकारी दिनुभयो भने भनपा खेलकुद समितिका संयोजक राजुसिंह बजिक्व, लिडर रोभरद्वय रमेश सितिखु र रमिता सितिखुले पनि आफ्नो धारणा व्यक्त गर्नुभयो ।
सोही क्रममा उहाँले उत्कृष्ट रोभर रेन्जर र ऐस गल्र्स मोभमेन्ट २०२० मा सम्मिलित रेन्जरद्वय रुमी तमखू र पुरन्जनी दुवाललाई सम्मान गर्नुभएको थियो ।
https://www.culturalsurvival.org/news/kathmandus-newar-indigenous-community-warns-climate-change-destroying-their-ancient-culture
Featured Posts – Style 1
अवैध माटो उत्खनन गर्ने जेसीबी नियन्त्रणमा, एक लाख रुपैयाँ जरिवाना
2026-10-28 Comments Off on अवैध माटो उत्खनन गर्ने जेसीबी नियन्त्रणमा, एक लाख रुपैयाँ जरिवाना
अवैध माटो उत्खनन गर्ने जेसीबी नियन्त्रणमा, एक लाख रुपैयाँ जरिवानाभक्तपुर, असोज ११। भक्तपुरको चाँगुनारायण नगरपालिकामा स्वीकृत अनुमति र तोकिएको मापदण्डविपरीत...
बाल यौन दुरुपयोग मुद्दाका फरार प्रतिवादी पक्राउ
2026-10-28 Comments Off on बाल यौन दुरुपयोग मुद्दाका फरार प्रतिवादी पक्राउ
बाल यौन दुरुपयोग मुद्दाका फरार प्रतिवादी पक्राउभक्तपुर, असोज ११। बाल यौन दुरुपयोग मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका एक...
नख्खु कारागारबाट भागैका दुई जना फरार कैदी भक्तपुरको बालकोटबाट पक्राउ
2026-10-28 Comments Off on नख्खु कारागारबाट भागैका दुई जना फरार कैदी भक्तपुरको बालकोटबाट पक्राउ
नख्खु कारागारबाट भागैका दुई जना फरार कैदी भक्तपुरको बालकोटबाट पक्राउ भक्तपुर, ११ कात्तिक । वि.सं. २०८२ भदौ २४ गते 'Gen-Z'...
मौलिक संस्कृति संरक्षणको सन्देशसहित ‘गाउँघरै घमाइलो’ सार्वजनिक
2026-10-27 Comments Off on मौलिक संस्कृति संरक्षणको सन्देशसहित ‘गाउँघरै घमाइलो’ सार्वजनिक
मौलिक संस्कृति संरक्षणको सन्देशसहित ‘गाउँघरै घमाइलो’ सार्वजनिक काठमाडौं १०, असोज । नेपाली माटोको सुवास, गाउँघरको आत्मीयता र मौलिक संस्कृतिको रङ...
भक्तपुरमा अन्तरसदस्यीय उडबल प्रतियोगिता सम्पन्न
2026-10-27 Comments Off on भक्तपुरमा अन्तरसदस्यीय उडबल प्रतियोगिता सम्पन्न
भक्तपुरमा अन्तरसदस्यीय उडबल प्रतियोगिता सम्पन्न भक्तपुर, कार्तिक ७। विजया दशमी, शुभ दीपावली, नेपाल संवत् ११४७ तथा छठ पर्वको उपलक्ष्यमा आयोजित...














