सामाजिक गतिविधिहरुमा स्काउटको भूमिका उल्लेखनीय
२०७८ असोज २२ गते, शुक्रबार
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा नेपाल स्काउट पोयोनियर ओपन क्रुका पूर्व रोभर रेन्जर र ऐस गल्र्स मोभमेन्ट २०२० मा सम्मिलित रेन्जर तथा कोभिड १९ को जनेतनामूलक कार्यक्रममा सहभागी स्काउटर तथा रोभर रेन्जरहरुलाई बधाई तथा सम्मान कार्यक्रम २०७८ शुक्रबार देकोचास्थितल कर्भडहलमा शुक्रबार सम्पन्न भयो ।
कार्यक्रममा बोल्नुहुँदै उहाँले सामाजिक गतिविधिहरुमा स्काउटको भूमिका उल्लेखनीय भएको बताउनुहुँदै स्काउटरहरु समाजको निम्ति समर्पित भावका साथ काम गर्ने भावनामा प्रेरित हुनुपर्छ भन्नुभयो ।
भक्तपुर नगरपालिकाले नेपाली सेनासँग समन्वय गरी विपद् व्यवस्थापन समितिमार्फत विभिन्न तालिमहरु सञ्चालन गर्दै आएको बताउनुहुँदै स्काउटबाट आफूले सिकेको तालिमबाट समाजको हितको निम्ति काम गर्नुपर्नेमा जोड दिनुभयो ।
भक्तपुर नपाले स्काउटको परिचय र उद्देश्यबारे प्रष्ट पार्न स्थानीय पाठ्यक्रममा समावेश गरी विद्यार्थीहरुलाई पठनपाठन गर्दै आइरहेको उहाँले बताउनुभयो ।
भक्तपुर नपा वडा नं. ६ का वडाध्यक्ष हरिराम सुवालले वडाका गतिविधिबारे अवगत गराउनुहुँदै खेलकुद क्षेत्रमा पनि नगरपालिकाले विविध गतिविधिमा जोड दिँदै युवाहरुको क्रियाशीलता बढाइरहेको बताउनुभयो ।
कार्यक्रमका सभापति एवम् पायोनियर ओपन क्रुका अध्यक्ष रबिन्द्र बासुकलाले सामाजिक गतिविधिमा भएको गतिविधिबारे जानकारी दिनुभयो भने भनपा खेलकुद समितिका संयोजक राजुसिंह बजिक्व, लिडर रोभरद्वय रमेश सितिखु र रमिता सितिखुले पनि आफ्नो धारणा व्यक्त गर्नुभयो ।
सोही क्रममा उहाँले उत्कृष्ट रोभर रेन्जर र ऐस गल्र्स मोभमेन्ट २०२० मा सम्मिलित रेन्जरद्वय रुमी तमखू र पुरन्जनी दुवाललाई सम्मान गर्नुभएको थियो ।
Featured Posts – Style 1
अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा कमलविनायक शिशुस्याहार केन्द्र उद्घाटन
2026-09-08 Comments Off on अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा कमलविनायक शिशुस्याहार केन्द्र उद्घाटन
अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा कमलविनायक शिशुस्याहार केन्द्र उद्घाटन २०८३ भक्तपुर । अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा भक्तपुर नगरपालिकाद्वारा सञ्चालन गरिने भक्तपुर...
माटोको सुगन्ध
2026-09-08 Comments Off on माटोको सुगन्ध
शिर्षक ः माटोको सुगन्ध माटोको सुगन्ध हिमाल हाँसेको देश हो यो, नदी बगेको भेष हो यो। पसिनाले लेखिएको कथा,...
प्रधानमन्त्री राहत कोषमा भक्तपुर नगरपालिकाको रु. ७५ लाख ७१ हजार आर्थिक सहयोग
2026-09-07 Comments Off on प्रधानमन्त्री राहत कोषमा भक्तपुर नगरपालिकाको रु. ७५ लाख ७१ हजार आर्थिक सहयोग
प्रधानमन्त्री राहत कोषमा भक्तपुर नगरपालिकाको रु. ७५ लाख ७१ हजार आर्थिक सहयोग भक्तपुर । २०८३ भदौ २२ २०८३ भदौ १०...
सहकारी संस्थालाई बैङ्कको जस्तो बचत ऋणको कारोबार गर्न दिँदा सहकारीमा समस्या
2026-09-07 Comments Off on सहकारी संस्थालाई बैङ्कको जस्तो बचत ऋणको कारोबार गर्न दिँदा सहकारीमा समस्या
सहकारी संस्थालाई बैङ्कको जस्तो बचत ऋणको कारोबार गर्न दिँदा सहकारीमा समस्या भक्तपुर, २१ भदौ । “मिठो फलका लागि राम्रो बीउको...
ॐ कारेश्वर बहुउद्देश्यीय सामुदायिक भवनको समुद्घाटन तथा सहयोगिलाई सम्मान
2026-09-07 Comments Off on ॐ कारेश्वर बहुउद्देश्यीय सामुदायिक भवनको समुद्घाटन तथा सहयोगिलाई सम्मान
ॐ कारेश्वर बहुउद्देश्यीय सामुदायिक भवनको समुद्घाटन तथा सहयोगिलाई सम्मान भक्तपुर भक्तपुर नगरपालिका वडा नं. १०, कमलविनायकस्थित ॐ कारेश्वर प्रगति सेवा...











