घाइतेको उपचार व्यारेकले गर्ने भएपछि अवरुद्ध बाटो खुल्यो ।

घाइतेको उपचार व्यारेकले गर्ने भएपछि अवरुद्ध बाटो खुल्यो ।
भक्तपुर, असोज ११गते
रुख ढलेर विद्युत लाईन समेत सडकमा खसेर दुर्घटना हुँदा छालिगं भक्तपुरका दुई जना बटुवा घाइते भएका छन् । चाँगुनारायण नगरपालिका वडा नं. ५ स्थित छालिंग जाने बाटोमा नेपाली सेनाको खरिपाती व्यारेकको रुख आज दिउँसो अचानक ढलेर विद्युतको लाइनमा परि सो दुर्घटना भएको स्थानीयवासी राजु भणडरीले जनाए । सो दुर्घटनाबाट छालिंग निवासी श्रदा बाता र अनिसा खड्का गम्भिर घाईते भएको पत्रकार अनिल फोजूले जानकारी दिए । घाईतेहरुको अस्पतालमा उपचार भइरहेको छ । घाइतेहरु गम्भिर छन्, थप उपचारका लागि स्थानीय समुदायले नगरकोट जाने बाटो अवरुद्ध गरी व्यारेक प्रशासनसँग प्रमुख जिल्ला अधिकारीको रोहबरमा छलफल गरेपछि ब्यारेकबाट घाइतेहरुको आवश्यक उपचार गर्ने भएको स्थानीय मिन बाताले जनाए । घाइते दुबै कक्षा ११ पढ्ने विद्यार्थी हुन । तिनीहरुको उपचार नेपाली सेनाको खरिपाति व्यारेकबाट हुने भएपछि अवरुद्ध नगरकोट सडक आज साँझबाटै खुला गरिएको छ ।