नुवाकोट एफ.एम.ले मनाए, १६ औं स्थापना दिवस
नुवाकोट, असोज २० गते
नेपाल शान्ति एवं विकास केन्द्रद्वारा सञ्चालित नुवाकोट एफएम.ले १६ औं स्थापना दिवस मनाएको छ । नेपाल सरकारका पूर्व अर्थ मन्त्रि प्रकाशशरण महतले कार्यक्रमको व्यानर पढ्ेर स्थापान दिवसको शुभारम्भ गरेका थिए । सो अवसरमा प्रमुख अतिथि महतले विभिन्न लोकप्रिय सामाजिक सञ्जाल, अनाईन मिडिया र टेलिभजनहरु मध्ये पनि रेडियोको पहुँच र महत्व अरु भन्दा बढी रहेको प्रकाश पार्दै सही र तथ्य परक पत्रकारिताले मात्रै जनतालाई सूसचित पार्न सकिने धारणा राख्नु भयो ।

नुवाकोटको समृद्धिको खाका आफूसँग रहेको भन्दै पूर्व अर्थमन्त्री महतले कृषि र पर्यटन क्षेत्रको विकासले पनि नुवाकोटमा समृद्धि ल्याउन सकिने धारणा राख्नु भयो । समुदायको धार्मिक साँस्कृतिक पहिचान बचाउन रेडियोले खेलेको भूमिकाको प्रशंसा गर्दै उहाँले यातायात सञ्जालको व्यवस्थापनले नुवाकोटको विकास संभव भएको बताए । नुवाकोट जिल्लाका विभिन्न नगरपालिका र पालिकाहरुका जनप्रतिनिधी र सामाजिक अभियान्ताहरुले समेत रेडियो नुवाकोट एफ.एम. १०६.८ मेगाहर्जको १६ औं वार्षिकोत्सवको अवसरमा बढाई दिदै आसन्न विजया दशर्मी तथा शुभ दिपावलीको शुभकामना समेत दिएका थिए ।
आज भन्दा १६ वर्ष अगाडी शान्ति विकास र न्यायको लागि सञ्चार नाराका साथ नुवाकोट एफ.एम. नुवाकोट जिल्लाकै पहिलो सामुदायिक रेडियोको रुपमा सञ्चालनमा रहेको स्टेशन म्यानेजर श्रीराम अधिकारीले जनाएको छ ।














