भक्तपुर उद्योग वाणिज्य संघ र भक्तपुर ईन्टरनेशनल अस्पतालबीच सेवा सम्बन्धी सम्झौता
१९ भाद्र २०७८, भक्तपुर ।
भक्तपुर उद्योग वाणिज्य संघका सदस्यहरु तथा वहाँहरुका परिवारका सदस्यहरुको स्वास्थ्य उपचार लगायत प्रयोगशाला परिक्षण, ओपिडी, एक्सरे, तथा अन्य आकश्मिक सेवाहरुमा विशेष सहुलियत दर र छुट सहित सेवा उपलब्ध गराउने विषयमा संघ र कौशलटार स्थित भक्तपुर ईन्टरनेशनल अस्पतालबीच सम्झौता भएको छ । भक्तपुर उद्योग वाणिज्य संघमा आयोजित एक समारोहमा संघको तर्फबाट अध्यक्ष श्री प्रदीप श्रेष्ठले हस्ताक्षर गर्नु भएको थियो भने अस्पतालको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत श्री रामजीकुमार श्रेष्ठले हस्ताक्षर गर्नु भयो ।
उक्त अवसरमा बोल्दै संघका अध्यक्ष श्री प्रदीप श्रेष्ठले यस सम्झौताले संघका सदस्यहरुलाई अस्पतालले राम्रो सेवा प्रदान गरी शुल्कमा पनि विशेष सहुलियत दिने भएको हुनाले यसले राम्रो र सकारात्मक सन्देश प्रवाह हुने कुरामा विश्वास व्यक्त गर्नु भयो । यस सम्झौता पश्चात संघका सम्पूर्ण बहालवाला सदस्यहरुलाई प्रिभिलेज्ड् कार्ड प्रदान गरिने हुनाले यसबाट हाम्रा सदस्यहरु अनावश्यक झमेलाबाट जोगिने पनि बताउनु भयो । त्यस्तै वहाँले यस सम्झौताले सदस्यहरुलाई स्तरीय स्वास्थ्य उपचारमा सहजिकरण हुन्छ भयो ।
त्यसै गरी अस्पतालका प्रमुख प्रशासकीय अधिकृत श्री रामजी कुमार श्रेष्ठले यस समझौताले अस्पताल र संघबीच रहेको सम्बन्धलाई अझ प्रगाढ पार्ने छ भन्दै अस्पतालले गुणस्तरीय सेवा प्रदानमा कुनै कमी नगर्ने विश्वास दिलाउनु भयो । त्यसै गरी अस्पतालले संघका सम्पूर्ण सदस्यहरुको प्रिभिलेज्ड् कार्ड बनाउन शुरु गरि सकेको र केही दिन मै उपलब्ध गराउने पनि बताउनु भयो ।
कार्यक्रममा संघका बरिष्ठ उपाध्यक्ष श्री शिव प्रसाद मानन्धरले संघका सदस्यहरुका लागि यो राम्रो सेवा हुने बताउँदै यसमा कुनै पनि प्रकारले सेवाको स्तरमा कमी नहोस् र यसले उदाहरणीय नतिजा देओस् भन्ने कामना गर्नु भयो । कार्यक्रममा संघका पूर्व अध्यक्ष, सल्लाहकार तथा कार्य समिति सदस्यहरुको पनि उपस्थिति रहेको थियो ।
https://www.culturalsurvival.org/news/kathmandus-newar-indigenous-community-warns-climate-change-destroying-their-ancient-culture
Featured Posts – Style 1
जग्गा ठगी प्रकरणमा जनकपुरका सजित शाह पक्राउ, मालपोत कर्मचारी र अन्य व्यक्तिको भूमिकामाथि छानबिन गर्न माग
2026-10-19 Comments Off on जग्गा ठगी प्रकरणमा जनकपुरका सजित शाह पक्राउ, मालपोत कर्मचारी र अन्य व्यक्तिको भूमिकामाथि छानबिन गर्न माग
जग्गा ठगी प्रकरणमा जनकपुरका सजित शाह पक्राउ, मालपोत कर्मचारी र अन्य व्यक्तिको भूमिकामाथि छानबिन गर्न माग ललितपुर । जग्गा खरिद...
भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान
2026-10-17 Comments Off on भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान
भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान भक्तपुर, २०८३ असोज ३१ भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा विजयादशमी तथा...
फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक
2026-10-17 Comments Off on फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक
अभिनेत्री रेखा थापा अभिनीत फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक भएको केही दिनमै युट्युबमा एक...
६५ वर्षीया एकल महिला नानी कान्छी खत्रीलाई घर बनाइदिने घोषणा
2026-10-17 Comments Off on ६५ वर्षीया एकल महिला नानी कान्छी खत्रीलाई घर बनाइदिने घोषणा
धादिङ । वरिष्ठ पत्रकार तथा स्वतन्त्र नागरिक अभियान नेपालका संयोजक ऋषि धमलाले बाढीले घरबार गुमाएकी ६५ वर्षीया एकल महिला नानी...
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
2026-10-16 Comments Off on इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित भक्तपुर इतिहास, पुरातत्त्व तथा संस्कृतिका क्षेत्रमा अतुलनीय योगदान पुर्याउनुभएका...













