पाठक पत्र
भक्तपुर नगरपालिकाका कर्मचारीहरु इमान्दार र कर्तव्यनिष्ठमा गनिन्छ तर सयकडा एक नगन्नेमा परिन्छ । त्यहीं सयकडा एकमा परेका कर्मचारीले नगरपालिकाको बदनाम गरिरहेको जनप्रतिनिधिहरुलाई जानकारी नहुन सक्छ अथवा नेपाल भाषा(नेवारी)उखान छ “सिम्हा छम्हाखं गुँनापाँ पां” अर्थात एउटा रुखले जंगलै छेक्यो भने जस्तै भक्तपुर नगरपालिका वडा नं ४ गपली कुवादेखि दोकाफल्चा जाने ढुङ्गा छपाई बाटो वडा निरिक्षकले निरिक्षण गरी मर्मतको लागि प्रतिवेदन नदिदां वा मर्मतको लागि पहल नगर्दा सबै विग्रि सकेको छ । उक्त स्थानमा दुईवटा स्कूल छन् । निषाधाज्ञा हटाएसंग विस्तारै अहिले धमाधम स्कूल खोल्न थालेको छ । उक्त बाटोमा तीन चार वटा घर निर्माण भई रहेको छ । त्यसको लागि निर्माण सामाग्रीहरु ट्रिपरबाट राती राती ल्याउने गर्दछ । दुई ईन्चको ढुङ्गा छपाईबाटोमा ट्रिपर गुड्न थालेपछि उक्त बाटो अहिले एकदमै विग्रि सकेको छ । वडा निरिक्षकले ती घर निर्माण गर्नेहरुलाई बाटो विग्रने गरी ट्रिपर ल्याएकोमा न एक शब्द भनेको छ नत विग्रेको बाटो मर्मत नै गर्न चासो देखाएको छ । ट्रिपर चल्ने स्थानमा कस्तो कस्तो बाटो र चार इन्चको ढुङ्गा छपाई बाटो त विग्रियो भने दुई इन्च ढुङ्गा छपाई बाटो नविग्रने कुरै भएन । त्यसैले वडानिरिक्षकले यसमा ध्यान पु¥याउनु पर्नेमा दिन कटायो माना पचायो भने जस्तै कि भने स्थानीयहरुको गुनासो छ । हुनत सुरुमा उपभोक्ता समितिले बाटो छपाई गर्दा ठूलो गाडि भित्रन नदिने हेतुले दुई ईन्चको ढुङ्गा छपाई गरेको थियो । दुई तिर ठूलो गाडी रोक्ने पोल गाड्ने कुरा भएको थियो तर स्थानीयहरु सबैको उक्त कुरा नमिलेपछि पोल राखेन जसले गर्दा ग्यास, पानी ट्याङ्कर लगायत ठूलो गाडीहरुले बाटोमा छापिएको ढुङ्गा सबै फुटिसकेको छ भने स्थानीयहरुले खानेपानी ढलनिकासको लागि जथाभावी बाटो विगार्ने र मर्मत नगर्ने साथै बाटो विगारेपनि वडानिरिक्षकले नहेर्ने, कार्यवाहीको प्रक्रिया अगाडि नबढाउँदा उक्त बाटो झन थप विग्रिएको छ । जसले गर्दा बाटोमा बटुवाहरुले नगरपालिका र वडानिरिक्षकलाई कुरा काटेर हिडिरहेको देखियो । उक्त बाटो मर्मतको लागि पहल गर्ने हो नत्र नगरपालिकाको बदनाम गराउन खोज्नेहरुलाई बल मिल्ला कि ? एक जना वडानिरिक्षकको कमजोरीले सिङ्गो नगरपालिकाको बदनाम हुनबाट बचाउने समय मै ध्यान जाला कि ?
स्थानीय बासिन्दा
रबि श्रेष्ठ
https://www.culturalsurvival.org/news/kathmandus-newar-indigenous-community-warns-climate-change-destroying-their-ancient-culture
Featured Posts – Style 1
भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान
2026-10-17 Comments Off on भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान
भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान भक्तपुर, २०८३ असोज ३१ भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा विजयादशमी तथा...
फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक
2026-10-17 Comments Off on फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक
अभिनेत्री रेखा थापा अभिनीत फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक भएको केही दिनमै युट्युबमा एक...
६५ वर्षीया एकल महिला नानी कान्छी खत्रीलाई घर बनाइदिने घोषणा
2026-10-17 Comments Off on ६५ वर्षीया एकल महिला नानी कान्छी खत्रीलाई घर बनाइदिने घोषणा
धादिङ । वरिष्ठ पत्रकार तथा स्वतन्त्र नागरिक अभियान नेपालका संयोजक ऋषि धमलाले बाढीले घरबार गुमाएकी ६५ वर्षीया एकल महिला नानी...
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
2026-10-16 Comments Off on इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित भक्तपुर इतिहास, पुरातत्त्व तथा संस्कृतिका क्षेत्रमा अतुलनीय योगदान पुर्याउनुभएका...
देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना
2026-10-16 Comments Off on देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना
देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना भक्तपुर। भक्तपुर नगरपालिकाद्वारा सञ्चालित 'देको मिवा ईतापाके जग्गा एकीकरण आयोजना'...











