नाग पोखरी नाग लोक बनाउने संरक्षणविद् पुरीको तयारी

नाग पोखरी नाग लोक बनाउने संरक्षणविद् पुरीको तयारी
भक्तपुर, श्रावण २९ गते
भक्तपुरको नाग पोखरीलाई नाग लोक बनाउने परिकल्पना गरेका संरक्षणविद् रविन्द्र पुरीले नाग पञ्चमीका दिन आज बासुकी घरमा सजाएको नागहरुलाई विशेष पूजा गरेका छन् । हरेक धर्मलम्बीहरुले स्वर्ग, नर्क र मत्से लोकको परिकल्पना गरेको भए पनि बौधमार्गी र हिन्दु धर्म मान्नेहरुले नाग लोकलाई पनि विश्वास गरेकाले नाग पञ्चमीको दिनमा नागको पूजा आरधारणा गर्नुको विशेष महत्व रहेको बताए । आफ्नो निवासलाई नागहरुका राजा बासुकी घरको रुपमा कलात्मकरुपले सजाएर बनाएजस्तै भक्तपुरको नाग पोखरी आसपासका क्षेत्रलाई नागहरुको लोकको रुपमा विश्वका प्रसिद्ध नागै नागहरुले सजाउने योजना रहेको पनि उहाँले बताए । २०७२ सालको भूकम्प अगाडि देखिनै सो परिकल्पना गर्दै आफूले आफू बस्ने घरलाई समेत बासुकी घरको रुपमा विकास गरिरहेको उल्लेख गर्दै भक्तपुर होमीयोप्याथिक क्लिनिक रहेको घरलाई पनि शेषनारायणको स्वरुपले सजाउने तयारी थालेको उल्लेख गरेका छन् । नाग पोखरी आसपास क्षेत्रका आफ्ना सबै घरहरुलाई नागका विभिन्न स्वरुपहरुले सजाउने बताउँदै स्थानीय समुदायलाई पनि यसै गरी नागै नागको स्वरुप दिएर सो क्षेत्रलाई नाग लोक बनाउने योजनामा आफू अध्यक्ष रहेको आरपि फाउण्डेशनबाट पनि सहयोग गर्ने तयारी भएको बताए । सो विषयमा स्थानीय समुदायसँग पनि छलफल गरिसकेको उल्लेख गर्दै भक्तपुर नगरपालिकासँगको सहकार्यले सो अभियान सफल पार्न सकिने बताउँदै यसले आन्तरिक तथा बाह्य पर्यटक आर्किषित गर्न सकिने बताउनु भयो । हिन्दु र बौद्ध मार्गीहरुले नाग प्रति गरेको विश्वास अनुसार नाग पोखरीलाई नाग लोक बनाउन सके संसारभरका नाग प्रति आस्था राख्नेहरुका लागि भक्तपुरको नाग पोखरी आकर्षक गन्तव्यस्थल हुनेमा उहाँको विश्वास छ ।


यस्तो दीर्घकालिन अभियानको सुरुको चरणमा आफूलाई कसैले पनि सहयोग नगरेको तर सफलता मिलेसँगै हाल धेरैले सहयोग गर्न थालेको बताए । नेवार वस्ती भएको जिल्ला जिल्ला पुगेर परम्परागत नेपाली संस्कृति संरक्षण अभियानमा लाग्नेक्रममा हालसम्म १६ जिल्ला पुगि सकेको पनि बताए । भविष्यमा ७७ रै जिल्ला पुगेर स्थानीय संस्कृति झल्किने परम्परागत शैलीको सभ्यता संरक्षण गर्न आफू लाग्न चाहेको विचार व्यक्त गर्दै मानिस दरवार सुरुवालमा सजिएर मात्र नेपाली सभ्यता संरक्षण नहुने भएकाले आफू बस्ने घर सम्रचनालाई पनि परम्परागत शैलीमै बनाउन उत्प्रेरणा दिनुपर्नेमा जोड दिनु भयो ।
समुदायले बनाइ रहेका घरहरुलाई पनि ईटा र बज्र प्रयोग गरि बनाउन सके त्यस्तो घरमा आन्तिरिक तथा बाह्य पर्यटकहरु आउन मन पराउने तर आधुनिक सिमेटको घरमा पाहुना आउन नरुचाउने गरेको पनि उहाँले अनुभव सुनाउनु भयो । भक्तपुरको टोनिहेगन, पनौतिको होम स्टेमा स्वदेशि तथा विदेशी पाहुनाले महिनाको ५० हजार देखि लाखौ तिरेर बस्ने गरेको उदाहरण दिँदै उहाँले यस्तो घर बनाउन सके सभ्यता पनि बच्ने र आर्थिकरुपले पनि सम्पन्न हुन सकिने बताए । यसै क्रममा नाग पोखरीलाई नागै नागको पोखरीको रुपमा ढुंगाका मुर्तिहरुले सजाउने योजना रहेको बताए ।