भक्तपुर नगर अन्तर वडा नगरस्तरिय फुट्सल प्रतियोगिताको खेल तालिका सार्वजनिक |
भक्तपुर, जेष्ठ २ गते
भक्तपुर नगरपालिका अन्तर वडा नगरस्तरिय फुट्सल प्रतियोगिताको खेल तालिका आज सार्वजनिक भएको छ । भक्तपुर युवा टिमद्वारा यही जेष्ठ ६ गते देखि १६ गतेसम्म शहीद स्मृति खेलमैदानमा आयोजना गर्न लागेको सो प्रतियोगिताको खेलतालिका आज विहान गोल्मढी भक्तपुरमा आयोजित एक कार्यक्रम वीच सार्वजनिक गरेका हुन । भक्तपुर नगरका १ देखि १० वडा सम्मका प्रति वडा १।१ टिम गरी १० वटा खेल समूहले सो प्रतियोगितामा सहभागिता जनाएका छन् । आज सार्वजनिक खेल तालिका अनुसार सो प्रतियोगिताको उद्घाटन खेल भनपा १ विरुद्ध ७ वडा वीच हुने टीमका सचिव रामेश्वर मचामसीले जनाएको छ। टिमका केशव कवांको संयोजकत्वमा आयोजना हुने सो प्रतियोगिताको उद्घाटन जेष्ठ ६ गते हुने छ । हरेक दिन साँझ ५ बजे देखि ७ बजेसम्म आयोजना हुने सो प्रतियोगितामा प्रथम हुनेलाई रु.२५ हजार, दोस्रो हुनेलाई १२हजार ५०० र उत्कृष्ठ खेलाडी एवं गोलकिपरलाई नगद रु. २ हजार ५०० सय सहित सिल्ड र प्रमाणपत्रद्वारा पुरस्कृत गरिने छ ।
इन्डोर खेलको रुपमा परिचित फुट्सल प्रतियोगिता आयोजना गर्न आयोजक टिमले

सहीद स्मृति खेलमैदानमा खेल अवधिभरकालागि सन्ध्याकालिन विशेष लाइटको व्यवस्था गरेको सचिव मचामसीले जनाएको छ । आज आयोजित खेलतालिका सार्वजनिकीकरण कार्यक्रममा टिमका संस्थापक विश्वराम कवां, सल्लाहकार एवं भनपा ७का वडाध्यक्ष उकेश कवां सहित विभिन्न टिम र आयोजक समितिका पदाधिकारीहरुको सहभागिता थियो ।














