भक्तपुर क्यान्सर अस्पतालद्वारा तराईमा क्यान्सर परिक्षण |
भक्तपुर, जेष्ठ १ गते
भक्तपुर क्यान्सर अस्पतालले गत वैशाख २६ र २८ गते तराईका विभिन्न क्षेत्रमा क्यान्सर रोग परिक्षण शिविर आयोजना गरेका छ । सो शिविरमा महिलाहरुलाई निःशुल्क पाठेघरको मुख र स्तन परिक्षण तथा क्यान्सर सम्बन्धि जनरल जाँच शिवर आयोजना गरेको थियो । कार्यक्रमका समन्वयकर्ता संगिता फुयालको अगुवाईमा भक्तपुर क्यान्सर अस्पतालका १९ जना विशेषज्ञ चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मी, कर्मचारी एवं परामर्शदताहरुको सहभागितामा सो शिविर आयोजना गरेको थियो ।



भक्तपुर क्यान्सर अस्पतालको आयोजनामा ब्लड डोनर्स एशोसियशन नेपाल बारा र महिला लघुवित्तीय संस्था लि, जनकपुरको सहकार्यमा आयोजित सो शिविर अन्तर्गत बारामा भएको शिविरमा २२७ जनाको प्याप स्मयेर जाँच, २४४ जनाको स्तन परिक्षण र ३० जनाको फ्लोअप तथा १ जनाको पाठेघरमा क्यान्सरको परिक्षण गरिएको थियो भने बैशाख २८ गते बारामा भएको अर्को शिविरमा २३० जना महिलाको प्याप स्मयेर जाँच र २४० जनाको स्तन परिक्षण ३६ जनाको फ्लोअप र एक जनाकोको पाठेघरक क्यान्सर परीक्षण र २ जनाको स्तन क्यान्सर परिक्षण गरिएको अस्पतालका सूचना अधिकारी राजमती गोसाईले जनाएको छ ।सो अवसरमा निःशुल्क औषधी समेत वितरण गर्नुका साथै आवश्यक परामर्श पनि दिएको थियो ।












