भक्तपुर नगरको कोरोना रोकथाम र उपचारका लागि थप २१ लाख भन्दा बढी आर्थिक तथा भौतिक सहयोग

भक्तपुर नगरको कोरोना रोकथाम र उपचारका लागि विभिन्न संघसंस्था र महानुभावहरुको आर्थिक तथा भौतिक सहयोग गर्नेक्रम जारी रहेको छ । मंगलबार मात्रै विभिन्न संघ संस्था र महानुभावहरुले २१ लाख भन्दा बढी आर्थिक तथा स्वास्थ्य सामग्री सहयोग गरेका छन् । भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशी श्रेष्ठ समक्ष मंगलबार गरिएको सहयोगहरुमा भक्तपुर श्रमिक बचत तथा ऋण सहकारी संस्था लि.बाट रु. २,००,०००।—, डायमण्ड बचत तथा ऋण सहकारी संस्था लि.बाट रु. ५०,०००।— हरिगोपाल साँयजुबाट रु. १०,०००।— केदारनाथ बचत तथा ऋण सहकारी संस्था लि.बाट रु. १,११,०००।— श्वेत भैरव बचत तथा ऋण सहकारी संस्था लि.बाट रु. १,७२,६५०।— एस.बी.एस. इन्भेष्टमेन्ट कम्पनी प्रा.लि.बाट रु. १,११,१११।— समय बचत तथा ऋण सहकारी संस्था लि.बाट रु. १,१५,०००।— यसै गरी बागीश्वरी कलेजबाट रु.४,००,०००।—, बागीश्वरी माध्यामिक विद्यालयबाट रु. ६,००,०००।— पाटन रोटरी क्लब र नेपाल हृदय रोग निवारण प्रतिष्ठान पाटनले पीपीई ११०, एन ९५ (बीवाईडी) २०, सर्जिकल मास्क ३० बाकस, ग्लोभ्स १० बाकस, पल्स अक्सिमिटर २, थर्मल गन २, ड्राइ फ्रुट्स प्याकेट, ५०, एन ९५ (लोकल) ५०), प्रेमगोपाल कर्माचार्य रु. १,००,०००।— आरम्भ नेपाल रु. २५,०००।— निओ फ्युजन स्कूल अफ कम्प्युटर रु. ५,५५५।— न्हुः इन्टरप्राइजेज रु. १,१११।— कमलविनायक बचत तथा ऋण सहकारी संस्था लि.बाट रु. १,००,०००।— र दिक्षा (गौरी) हाडा स्मृति प्रतिष्ठान नेपालबाट रु. १,००,०००।— गरी २१ लाख १ हाजर ४२७ भन्दा बढी आर्थिक तथा स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन । यसै गरी सहयोग गर्र्न चाहने महानुभाव तथा संघसंस्थाहरुले भक्तपुर नगरपालिका, प्रकोप व्यवस्थापन कोषको नेपाल बैंक लिमिटेड, कमलविनायक शाखामा रहेको खाता नं. ०१९०३०००००७००२०००००३ मा जम्मा गर्नु हुन वा भक्तपुर नपामा उपलब्ध गराउनुहुन पनि भक्तपुर नगरपालिकाले अनुरोध गरेको छ । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पताल (कोभिड युनिट) मा आइसोलेसन केन्द्र र एचडीयु सञ्चालनका लागि अक्सिजन प्लान्ट व्यवस्था गर्न सो नगरपालिकामा स्थापित प्रकोप व्यवस्थापन कोषमा आर्थिक तथा स्वास्थ्य सामग्री सहयोग गर्नेक्रम जारी रहेको छ । नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले गत हप्ता मात्रै विभिन्न संघ संस्थालाई सहयोग गर्न आह्वान गरे अनुसार यसै हप्तामा मात्रै ५० लाख भन्दा बढी आर्थिक सहयोग प्राप्त गरेको छ । हाल २५ शैय्याको एचडियू सहित ७५ शैय्याका आइसोलेसन केन्द्र सञ्चालन गरी रहेको सो नगर पालिकाले निकत भविष्यमा १०० शैय्याको ख्वप अस्पताल सञ्चालन गर्ने पूर्वाधार निर्माधिन अवस्थामा रहेको छ ।