टौमढीदेखि नासमनासम्म बजार अनुगमन
भक्तपुर, २८ कार्तिक । भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा भक्तपुर नगरभित्रको टौमढीदेखि नासमनासम्म आठ वटा खाद्य तिहारलाई मध्य नजर गरी अनुगमन गरियो । तिहारमा बारुद्ध पटका बेचविखन रोक्न र तिहारमा आवश्यक पसल पाकेट अखाद्य र गुणस्तरहिन र मुल्यबृद्धि गरी बेचविखन रोक्न अनुगमन गरेको संयोजक गोराले बताउनु भयो ।
अनुगमनमा सुविश्रा स्टोर दर्ता नभएकोले तिहार लगतै कार्यालय खोलेपछि पसल दर्ता गर्न निर्देशन दियो । त्यस्तै देव तेल पसलमा पसलमा दर्ता प्रमाणपत्र नभएकोले देखिने गरी पसलमा राख्न र दर्ता नभए दर्ता गर्न, व्यवस्थित गर्न, सरसफाईमा ध्यान दिन, पेटी र पेटीमुनि सामान नराख्न र माक्स, पञ्जा र सानिटाइजरको व्यवस्था गरी हुलमुल नगरी सामाजिक दुरी कायम गरी व्यापार व्यवसाय गर्न निर्देशन दिएको वडानिरिक्षक रामकृष्ण प्रजापतिले बताउनु भयो ।
त्यस्तै बि कोल्ड स्टोर र एल एन यु टे«ड कन्र्सनमा पसल दर्ता नभए दर्ता गर्न र दर्ता भए नविकरण गर्न साथै पसलमा देखिने गरी दर्ता प्रमाणपत्र राख्न र पसल व्यवस्थित गर्न निर्देशन दियो । त्यस्तै साख स्टोर पसल दर्ता नभएकोले तिहार पछि तीन दिन भित्र दर्ता गर्न, म्याद नाघेको सामान सनड्रप जुस १, स्पाइट १, एपि जुस २ वटा जफत गरी नष्ट गरियो । त्यस्तै उषा साखको खुद्रा पसलको सामान पेटी र पेटी मुनि नराख्न निर्देशन दियो ।
त्यस्तै नव भण्डारी स्टोर दर्ता प्रमाणपत्र पसलमा देखिने गरी राख्न र म्याद नाघेको सामानहरु रियल अप्पल जुस १० वटा, मयुरी सुजि ५ पाकेट, कुकिज विस्कुट २ पाकेट, युनिविक विस्कुट २ पाकेट, माक्सकोला ३ वटा, सब्जी मसला ५ पाकेट, सनड्रप जुस २ पाकेट, स्लास जुस १ वटा, ड्रक माङ्गो जाम ४ वटा, पाप्रिका पापड ९ पाकेट जफत गरी नष्ट गरियो । त्यस्तै राज एण्ड सैंजू ब्रर्दशमा खाद्यको अनुज्ञापत्र लिई प्याकेजिङ्ग सामानमा लेबल राखीमात्र विक्रि वितरणगर्न, दर्ता प्रमाणपत्र पसलमा देखिने गरी राख्न र म्याद नाघेको सामानहरु बि एम सि मसला ८ पाकेट, पप १ पाकेट, जफत गरी नष्ट गरियो ।
अनुगमन समितिका सदस्य हरिराम सुवाल, रोशनमैंया सुवाल, भनपा श्यानिटेशका व.नि.रामकृष्ण प्रजापति, उद्योग बाणिज्य संघका गौतम सुजखु, राष्ट्रिय उपभोक्ता मञ्चका लक्ष्मी भण्डारी, महानगरीय प्रहरी प्ररिसरका प्रहरी सहायक निरिक्षक कुमारी रानामगर, घरेलु तथा साना उद्योग कार्यालयका सिताराम त्वायनाको सहभागी थियो ।
https://www.culturalsurvival.org/news/kathmandus-newar-indigenous-community-warns-climate-change-destroying-their-ancient-culture
Featured Posts – Style 1
भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान
2026-10-17 Comments Off on भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान
भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान भक्तपुर, २०८३ असोज ३१ भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा विजयादशमी तथा...
फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक
2026-10-17 Comments Off on फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक
अभिनेत्री रेखा थापा अभिनीत फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक भएको केही दिनमै युट्युबमा एक...
६५ वर्षीया एकल महिला नानी कान्छी खत्रीलाई घर बनाइदिने घोषणा
2026-10-17 Comments Off on ६५ वर्षीया एकल महिला नानी कान्छी खत्रीलाई घर बनाइदिने घोषणा
धादिङ । वरिष्ठ पत्रकार तथा स्वतन्त्र नागरिक अभियान नेपालका संयोजक ऋषि धमलाले बाढीले घरबार गुमाएकी ६५ वर्षीया एकल महिला नानी...
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
2026-10-16 Comments Off on इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित भक्तपुर इतिहास, पुरातत्त्व तथा संस्कृतिका क्षेत्रमा अतुलनीय योगदान पुर्याउनुभएका...
देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना
2026-10-16 Comments Off on देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना
देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना भक्तपुर। भक्तपुर नगरपालिकाद्वारा सञ्चालित 'देको मिवा ईतापाके जग्गा एकीकरण आयोजना'...











