भक्तपुरमा सञ्चालित नापतौल डोर कार्यक्रममा ६६४ व्यवसायी लाभान्वित
भक्तपुर :
भक्तपुर उद्योग वाणिज्य संघको पहलमा जिल्लामा सञ्चालन गरिएको नापतौल कार्यक्रमबाट ६६४ जना व्यवसायीहरुले सेवा प्राप्त गरेका छन् ।
जिल्लाका उद्योगी, व्यवसायी तथा व्यापारीहरुले प्रयोग गर्दै आएको नापतौलका सामग्रीहरुको नयाँ दर्ता तथा नवीकरणका लागि गुणस्तर तथा नापतौल कार्यालय, बालाजूबाट खटिएको कर्मचारीहरुको टोलीले भक्तपुर जिल्लाका ६ स्थानमा कार्यालय राखेर नापतौल डोर कार्यक्रम सञ्चालन गरेको हो । भक्तपुर नगरपालिकाको टौमढीस्थित बुल्चापार्टीमा कार्यालय राखेर गत बिहीबारदेखि नापतौल डोर कार्यक्रम सुरु गरिएको थियो । पहिलो दिन डोर कार्यक्रममा १०५ जना व्यापारी तथा व्यवसायीहरुले आआफ्ना नापतौलका सामग्रीहरु दर्ता तथा नवीकरण गरेको, दोस्रो दिन कमलविनायक चोकमा कार्यालय राखेर सञ्चालन गरिएको नापतौल डोर कार्यक्रममा ११८, तेस्रो दिन सूर्यविनायकस्थित शुभकामना पार्टी प्यालेसबाट १९०, चौथौं दिन नयाँठिमीस्थित शंखधर पार्टी प्यालेसबाट ८० जना व्यवसायी तथा व्यापारीले सेवा लिएका थिए । यसैगरी, पाँचौं दिन पुरानो ठिमीस्थित मध्यपुर बैंक्वेटमा कार्यालय राखेर सञ्चालन गरिएको नापतौल डोर कार्यक्रममा ८५ र छैठौं दिन कौशलटारचोकबाट ८६ जना व्यवसायी तथा व्यापारीले नापतौलका सामग्रीहरुको दर्ता तथा नवीकरण गराएका थिए ।
यसैबीच, संघले एक कार्यक्रमको आयोजना गरी नापतौल डोर कार्यक्रममा सहभागी गुणस्तर तथा नापतौल कार्यालय, बालाजूका कर्मचारीहरुलाई धन्यवाद ज्ञापनसहित सम्मान गरेको छ । संघका अध्यक्ष शिवप्रसाद मानन्धरले कर्मचारीहरुलाई खादा ओढाएर सम्मान गरेका हुन् ।
कार्यक्रममा अध्यक्ष मानन्धरले डोर कार्यक्रमबाट जिल्लाका व्यापारी, व्यवसायीहरु आफ्नै घरआँगनमा नापतौलका सामग्रीहरुको दर्ता तथा नवीकरण गराई लाभान्वित भएको बताए । डोर कार्यक्रमले जिल्लाका व्यापारी तथा व्यवसायीहरुलाई लाभसँगै देशको राजश्व संकलनमा समेत टेवा पुगेको उनको भनाइ छ । नापतौल डोर कार्यक्रममा गुणस्तर तथा नापतौल कार्यालयको कर्मचारीहरुले गरेको मेहनत तथा कामको उच्च सम्मान गर्दै आगामी दिनमा पनि संघले अनुरोध गरेको समयमा यसरी नै जिल्लाका व्यापारी तथा व्यवसायीहरुलाई सेवा दिन आग्रहसमेत गरे ।
संघकी वरिष्ठ उपाध्यक्ष रोशनीमैयाँ धौबञ्जाले नापतौलका सामग्रीहरु व्यापारी तथा व्यवसायीहरुको लागि महत्वपूर्ण सामग्री रहेको जनाउँदै आफ्नै जिल्लामा नापतौलका सामग्रीहरुको दर्ता तथा नवीकरण गराउन पाउँदा अत्यन्तै खुशी लागेको बताइन् । गुणस्तर तथा नापतौल कार्यालय, बालाजूबाट जिल्लामै डोर टोली खटाउँदा उद्योगी, व्यवसायी तथा व्यापारीहरु समय खर्चेर दर्ता तथा नवीकरणका लागि बालाजू पुग्नुपर्ने झन्झटबाट मुक्त भएको उनको भनाइ छ । उनले नापतौल डोर कार्यक्रममा सहभागी गुणस्तर तथा नापतौल कार्यालयका कर्मचारीहरुको टोली, कार्यक्रम बारे प्रचारप्रसार गरी सहयोग गर्ने जिल्लाका भक्तपुर नगरपालिका, मध्यपुर थिमी नगरपालिका, सूर्यविनायक नगरपालिका र चाँगुनारायण नगरपालिकाका साथै नापतौल डोर कार्यालय राख्न स्थान एवं भौतिक सामग्री उपलब्ध गराउने सम्पूर्ण संघसंस्थालाई धन्यवाद दिइन् ।
Featured Posts – Style 1
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
2026-08-30 Comments Off on ४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटनभक्तपुर, १४ भदौंनेपाल भाषा साहित्य तःमुज्याको ४६ औं सृखला गोल्मढीमा हुने भएसँगै सो तःमुज्याको...
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
2026-08-30 Comments Off on लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं...
बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वान
2026-08-30 Comments Off on बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वान
बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वानभक्तपुर, भाद्र १४ गतेभाद्र १० गतेका दिन भोटेकोशीको नदि र त्रिशुली नदि क्षेत्रमा आएको...
महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्न
2026-08-28 Comments Off on महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्न
महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्नभक्तपुर भाद्र १२ गते । मुक्ति संगीत प्रशिक्षण केन्द्र भक्तपुरको...
भोटेकोशीका बाढी पीडितको राहत र पुनस्र्थापनाका लागि भक्तपुर सहयोग विकास संघको अपिल; ५० वटा शव बाकस सहयोग गर्ने ।
2026-08-28 Comments Off on भोटेकोशीका बाढी पीडितको राहत र पुनस्र्थापनाका लागि भक्तपुर सहयोग विकास संघको अपिल; ५० वटा शव बाकस सहयोग गर्ने ।
भोटेकोशीका बाढी पीडितको राहत र पुनस्र्थापनाका लागि भक्तपुर सहयोग विकास संघको अपिल; ५० वटा शव बाकस सहयोग गर्ने ।भक्तपुर, १२...













