भूकम्पीय सुरक्षा बारे मध्यपुरमा प्रस्तुतीकरण
मध्यपुर, माघ ६ गते
२६ औं भूकम्पीय सुरक्षा दिवसको अवसरमा मध्यपुर इन्जिनियरिङ्ग समाजले भूकम्पीय जोखिम व्यवस्थापन तथा क्षति न्यूनिकरणकालागि भवन संहिता कार्यान्वयन लगायत विभिन्न सवालाहरुमा आज एक प्रस्तुतीकरण कार्यक्रम आयोजना गरेको छ । मध्यपुर थिमी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विजयराज सुबेडीले प्रस्तुतीकरणको उद्घाटन गर्दै नमूना घर सम्रचनाहरु आफै बलियो र सुर्लभ भएको कुरा प्रष्ट गर्नुपर्नेमा जोड दिदै विपद् व्यवस्थपनमा क्षमतावृद्धिको आवश्यकतामा जोड दिनु भयो । स्थानीय तहहरुमा सरोकारवाला निकाय र समुदायस्तरमा समेत विगतका भूकम्प र विपद्हरुमा भोगेका समस्या र उद्धार तथा राहात वितरण एवं पुनस्थापनाहरुमा देखिएका कमजोरीहरुलाई कसरी सुधार्ने? तथ थप व्यवस्थित कसरी ? बनाउने भन्ने सवालहरुमा छलफल गरी पुर्वतयारी गर्नुपर्नेमा जोड दिनु भयो ।


मध्यपुर इन्जिनियरिङ्ग समाजका अध्यक्ष इंन्जिनियर शंखर प्रजापतिको सभापतित्वमा भएको सो प्रस्तुतीकरणमा डा. शंखर ढकालले Post Earthquake Building Damage Behavior &Innovative Reconstruction Solution to Preserve Vernacular Architecture विषयमा प्रस्तुतीकरण गरेका थिए भने प्रा.डा. मोहनमुत्र्ति पन्तले नगरपालिकाले गर्नुपर्ने विपद् व्यवस्थपनमा केही पूर्व तयारी बारे प्रस्तुतीकरण दिएका थिए । गोर्खा इक्को प्यानलको प्रमुख प्रायोजनामा आयोजित सो प्रस्तुतीकरणमा गोखा इक्को प्यानलका सिइओ सुरेश कवां, समाजका उपाध्यक्ष सागर खमु श्रेष्ठ, संस्थापक अध्यक्ष विनोद खमु एवं मध्यपुर थिमी नगरपालिका वडा नं. ८का वडाध्यक्ष रमेश थापा श्रेष्ठले पनि बोल्नु भएको थियो ।














