रेडियो जनसञ्चारको वार्षिकोत्सवको अवसरमा बृहत्त स्वास्थ्य शिविर आयोजना हुने
भक्तपुर, चैत्र ११गते
रेडियो जनसञ्चार १०७.९ मेगाहर्ज, जनसञ्चार टेलिभिजनको वार्षिकोत्सव समारोहको अवसरमा खुल्ला रक्तादान तथा निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ । बुधबार भोलि विहान ७ बजे देखि १० बजेसम्म कमलविनायकस्थित यातु गाणेश मन्दिर परिसरमा स्वास्थ्य शिविर आयोजना हुने भएको हो । कमलविनायक मन्दिर व्यवस्थापन समिति, भक्तपुर क्यान्सर अस्पताल, सहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपन केन्द्र, सिद्धिस्मृति अस्पताल, ख्वप टिलगंगाा आँखा अस्पताल, नेपाल हृदय रोग निवाराण प्रतिष्ठान, रक्त सञ्चार सेवा केन्द्र, जनस्वास्थ्य कार्यालय भक्तपुर सहित विभिन्न संघ संस्थाहरुको सहकार्य र प्राविधिक सहयोगमा सो स्वास्थ्य शिविर आयोजना गरिएको हो । सो शिविरमा रक्तदान कार्यक्रमका साथै आँखा, हातजोर्नी, स्त्री रोग, मृगौला, क्यान्सर र नसर्ने रोगहरुको पनि परिक्षण गरिने छ।
रेडियो जनसञ्चार १०७.९ मेगाहर्ज प्रशारणको १७ वर्ष पूरा गर्दै १८ औं वर्ष र जनसञ्चार टेलिभिजनको प्रशारणको ५ वर्ष पूरा गरी छैठौ वर्षमा प्रवेश गरको अवसरमा हुने वार्षिकोत्सव समारोहका अवसरमा सो स्वास्थ्य शिविर आयोजना हुन लागेको हो । सो कार्यक्रमको भक्तपुर प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । सो शिविरमा सहभागि भएर स्वास्थ्य लाभ प्राप्त गर्न सम्पुर्ण श्रोता, दर्शक एवं शुचिन्तकहरुलाई हार्दिक अनुरोध गर्दछ । सो शिविरमा मोतियाविन्दुको निःशुल्क अपरेशन एवं अंकदान अभिमुखिकरण र चश्मा वितरणमा विशेष छुटको व्यवास्था गरेको छ।
Featured Posts – Style 1
भोटेकोशी बाढी : हालसम्म ९७ जनाको मृत्यु, ६३ जना उपचाररत
2026-08-27 Comments Off on भोटेकोशी बाढी : हालसम्म ९७ जनाको मृत्यु, ६३ जना उपचाररत
काठमाडौँ, भदौ १० गते । रसुवास्थित भोटेकोशी नदीमा आज बिहान आएको भीषण बाढीका कारण साँझ ५:४५ बजेसम्म ७० जनाको मृत्यु भएको...
भोटेकोशीको बाढीले ९५ जनाको मृत्यु, ६० भन्दा बढी सम्पर्क बिहिन
2026-08-26 Comments Off on भोटेकोशीको बाढीले ९५ जनाको मृत्यु, ६० भन्दा बढी सम्पर्क बिहिन
भोटेकोशीको बाढीले ९५ जनाको मृत्यु, ६० भन्दा बढी सम्पर्क बिहिनकाठमाण्डौ, भाद्र १० गतेआज विहान ८ बजे र ४० मिनेटमा गएको...
भोटेकोशी बाढीले भक्तपुरका ४ जना सम्पर्क बिहिन
2026-08-26 Comments Off on भोटेकोशी बाढीले भक्तपुरका ४ जना सम्पर्क बिहिन
भोटेकोशी बाढीले भक्तपुरका ४ जना सम्पर्क बिहिनभक्तपुर, भाद्र १० गतेभोटेकोशी बाढीले भक्तपुरका ४ जना सम्पर्क बिहिन भएको खुलेको छ ।...
टिआइ नेपाल)को ३१औँ वार्षिक साधारणसभाले शर्मा पुनः अध्यक्षमा निर्वाचित
2026-08-26 Comments Off on टिआइ नेपाल)को ३१औँ वार्षिक साधारणसभाले शर्मा पुनः अध्यक्षमा निर्वाचित
टिआइ नेपाल)को ३१औँ वार्षिक साधारणसभाले शर्मा पुनः अध्यक्षमा निर्वाचितकाठमाडौं, २०८३ भदौ १० गते, ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल (टिआइ नेपाल)को ३१औँ वार्षिक...
भोटेकोशीको बाढीले राजकुमार सुवाल पनि सम्पर्क बिहिन, ९८४३२५११९९ मा खवर गरिदिन आग्रह
2026-08-26 Comments Off on भोटेकोशीको बाढीले राजकुमार सुवाल पनि सम्पर्क बिहिन, ९८४३२५११९९ मा खवर गरिदिन आग्रह
भोटेकोशीको बाढीले राजकुमार सुवाल पनि सम्पर्क विहिनभक्तपुर, भाद्र १० गतेआज बिहान करिब ९ बजे रसुवा भोटेकोशी आएको बाढी ले धेरैको...














