यसपालिको निर्वाचनको अन्तिम चुनाबी सभामा नेमकिपाको मादलको अभिमत देश धनी भए मात्रै जनता धनि हुने ।

यसपालिको निर्वाचनको अन्तिम चुनाबी सभामा नेमकिपाको मादलको अभिमत देश धनी भए मात्रै जनता धनि हुने ।

भक्तपुर, फागुण १८ गते
देशका बुद्धिजीवी, प्रध्यापक, शिक्षकहरु मात्रै देशभक्त भएको भए विदेशी हस्तक्षेप हुनै नसक्ने भन्दै नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले देशको सार्वभौमिकता र बैदेशिक हस्तक्ष विरुद्ध नेमकिपाको मादलमा मतदान गर्न आह्वान गर्नु भएको छ । नेमकिपा भक्तपुर जिल्ला निर्वाचन परिचालन समितिले आज भक्तपुरको तौमढी चोकमा आयोजित चुनाबी सभालाई सम्बोधन गर्दै अध्यक्ष विजुक्छेंले सरकारमा जान्ने दलहरुले ख्वप विश्वविद्यालय स्वीकृति नदिए जनताको घर घरमा ख्वप विश्वविद्यालयको कक्षा सञ्चालन गर्ने बताउनु भयो । हा…हु…. गरेर देश नचल्ने बताउँदै अध्यक्ष विजुक्छेले निश्वार्थी भावनाले देश र जनताको सेवा गर्न नेमकिपाको मादल चिन्हमा मतदान गर्न आह्वान गर्नु भयो । देशमा विदेशी पूँजी भित्र्याएमा देशका पूजीपतिहरु नाग्लो पसलमा परिणत हुने चर्चा गर्दै अध्यक्ष विजुक्छेले ब्यक्ति धनी भएर देश धनी नहुने भन्दै देश धनी भए मात्रै जनता धनि हुने धारणा राख्नु भयो ।


कार्यक्रममा भक्तपुर निर्वाचन क्षेत्र नं. १का उम्मेदबार प्रेम सुवालले विभिन्न पार्टीहरुका चुनाबी घोषणा पत्रहरुमा देशको अर्थतन्त्र मुठीभरका पूँजीपति वर्गलाई पोस्ने खालको आएको टिप्पणी गर्दै निजीपूँजीको पछाडी विदेशी पूजी आउने र विदेशी पूँजीको पछाडी विदेशी सेना पनि आउने भएकाले नेमकिपाले त्यसको विरोध गर्दै आएको बताउनु भयो । नेमकिपाका केन्द्रीय सचिव समेत रहेका उम्मेदबार सुवालले नवउपनिवेद र अर्ध उपनिवेशको विरुद्ध स्वतन्त्र र सार्वभौम देश बनाउन नेमकिपाको मादलमा मतदान गर्न जोड दिनु भयो । उहाँले एमसीसी भित्र्याएर देशलाई विदेशीलाई सुम्पने विरुद्ध मादलमा मतदान गर्न आह्वान गर्नु भयो । मन्त्री, प्रधानमन्त्री बन्न पार्टीको घोषणा पत्र हँुदा हुँदै व्यक्तिगत घोषण पत्रमार्फत स्थानीय पालिकाका वडाध्यक्षले गर्ने काम समेत देखाएर मतदाता मतदाता आकर्षित गर्ने कार्य भइरहेकोमा आपति जनाउनु भयो । उहाँले संसद भनेको देशको नीति, कानूनी बनाउने, सन्धि सम्झौता बारे छलफल गर्ने थलो भएको बताउनु भयो ।
कार्यक्रममा नेमकिपा भक्तपुर जिल्ला अध्यक्ष सुरेन्द्रराज गोसाईले सरकारमा गएका दलहरुले विगत ३५ वर्षसम्म विदेशीसँग झुकेर देशको सार्वभौमिकता, स्वतन्त्रतालाई लठालिंग, भद्रगोल पारेको आरोप लगाउँदै उहाँले देशको इजत, इमान, संघर्षको झण्डा फरफराउन चाहनेहरुले फागुण २१ गतेको निर्वाचनमा प्रत्यक्ष र समानुपातिक दुबै मतपत्रमा मादल चिन्हमा छाप हाल्नुपर्नेमा जोड दिनु भयो । नेपाल क्रान्तिकारी महिला संघकी सृजना सैंजूले बिगत ४ दशकमा महिला शिक्षा, चेतना, महिला सशक्तिकरण, राजनीतिमा महिलाको सहभागिताकालागि नेमकिपाले खेलेको भूमिका सशक्त रहेको चर्चा गर्दै उहाँले चुनावमा भोत लिनकै लागि परिवर्तण, चमत्कार भन्दै आएकाहरु कि त ठग हुन, कि त चतके हुन भन्दै परिवर्तन एक्कै रातमा आउन नसक्ने बताउनु भयो । उहाँले भन्नु भयो, यसकारण ठग र चटकेहरुबाट जोगाएर परिवर्तनकलागि काम गरिरहेको मादललाई मतदान गर्न आह्वान गर्नु भयो । नेक्राविसंघ भक्तपुरका सुजी ह्ंयंग्वजुले सो अवसरमा बोल्दै सचेत मतदाताहरु देशलाई सिकिम बनाउन, खरानी बनाउन चाहँदैन, देशको सार्वभौमिकता र स्वतन्त्रतालाई दाउमा राख्न चाहँदै भन्दै किसानको पीडा र मजदुरको आसु पुछ्न मादलमा मतदानका लागि आग्रह गर्नु भयो । नेमिकपा भक्तपुरका लक्ष्मीभक्त लासिवाको स्वागत मन्तव्यबाट सुरु भएको सो चुनावी सभा आयोजना हुनु पूर्व भक्तपुरको सुर्यमढी र दुधपाटीबाट छुट्टा छुट्टै निर्वाचन आचारसंहिता परिवालन गर्दै ससानो समूहमा चुनावी र्याली गरी तौमढी टोलमा चुनावी सभा आयोजना गरेको थियो ।