भक्तपुर । स्वतन्त्र पत्रकार संघ भक्तपुरका साधारण सदस्य नवीनकुमार महतलाई निष्काषण गरिएको छ । संघको कार्यसमितिको बैठकले महतलाई साधारण सदस्यसमेत नरहने गरी निष्काषण गरेको हो ।
संघको विधान विपरित राजनीतिक दलको चुनावी प्रचारप्रसारमा सार्वजनिक रुपमा भाषण गर्दै हिडेकोले उनलाई कारबाही गरेको संघले जनाएको छ । संघका अध्यक्ष रेणु त्वानाबासुद्धारा सोमबार जारी प्रेस विज्ञप्ति अनुसार संघका सदस्य कुनै पनि राजनीतिक दलसँंग प्रत्यक्ष आवद्ध नरही वस्नुपर्ने प्राबधानको खिलाफमा गई एकजना उम्मेदबारको पक्षमा खुलेरै सार्वजनिक रुपमै प्रस्तुत भएकोले उनको सदस्यता हाललाई खारेज गरिएको हो ।
स्वतन्त्र रुपमा भक्तपुर क्षेत्र नं २ मा उम्मेदबारी दिएका उनी पछिल्लो समय नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रवेश गरी त्यसका उम्मेदबारको पक्षमा खुलेर प्रचारप्रसारमा लागेका थिए । हाल उनी आफनो उम्मेदबारी निश्क्रिय पारी सो उम्मेदबारको पक्षमा सार्वजनिक रुपमै भाषण गरी अंग्रपंक्तिमा छन् । यसअघि पनि संघको अध्यक्ष रहँंदै पार्टी प्रवेश गरेको भन्दै संघका पूर्व अध्यक्ष डा राजेन्द्र कोजूलाई पनि अध्यक्ष पदबाट हटाई कारबाही गरी निष्काषण गरेको थियो ।
Featured Posts – Style 1
‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो
2026-09-01 Comments Off on ‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो
‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो काठमाडौँ / भक्तपुर‘भक्तपुर विकास सहयोग...
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
2026-08-30 Comments Off on ४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटनभक्तपुर, १४ भदौंनेपाल भाषा साहित्य तःमुज्याको ४६ औं सृखला गोल्मढीमा हुने भएसँगै सो तःमुज्याको...
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
2026-08-30 Comments Off on लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं...
बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वान
2026-08-30 Comments Off on बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वान
बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वानभक्तपुर, भाद्र १४ गतेभाद्र १० गतेका दिन भोटेकोशीको नदि र त्रिशुली नदि क्षेत्रमा आएको...
महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्न
2026-08-28 Comments Off on महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्न
महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्नभक्तपुर भाद्र १२ गते । मुक्ति संगीत प्रशिक्षण केन्द्र भक्तपुरको...














