नेमकिपाको तेस्रो पुस्ता तयार हुँदै
भक्तपुर, फागुण १४ गते
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवं वरिष्ठ राजनीतिज्ञ नारायणमान विजुक्छेले नेमकिपा समाजवादी आन्दोलनको संघर्षको मैदानमा रहेको जनाएका छन् । हरेक संघर्षँमा साथीहरु लड्छन्, घाइते हुन्छन, फेरी उठेर अर्को आन्दोलनमा जुत्छन् । यसरी लडेको ६० वर्ष भयो, २ पुस्ता गयो, अर्को पुस्ता तयार हुँदै छ। साथीहरुको योगदान खेर गएको छैन, अध्यक्ष विजुक्छेंले भन्नु भयो । समाजबादी व्यवस्थामा मात्रै योग्यता अनुसारको काम, काम अनुसारको ज्यालाको बन्दोवस्ती हुने भन्दै अध्यक्ष विजुक्छेले यसपालिको निर्वाचनमा ११२ जना महिला उम्मेदबारलाई नेमकिपाले चिर्वाचनमा उठाएको तर सत्तासिन दलहरुले नेमकिपाले जस्तै महिलाहरुलाई स्थान निदएको टिप्पणी गर्नु भयो । अरुको नजरमा नेमकिपा कमजोर हुँदै गएको देखिन्छ तर नेमकिपा कमजोर छैन, निरास हुनुपर्दैन, नेमकिपा अरु भन्दा उत्साहित छन् । नयाँ पुस्ता अगाडी आउँदैछन् । आगाडी एक्लै ल्याए सत्रुले बिगार्ने भएकाले सत्तासिन दलहरुको बाटो अर्कै छ र हाम्रो बाटो अर्कै छ भन्दै अध्यक्ष विजुक्छेले देशकै सबै भन्दा सुशासन भएको ठाउँ भक्तपुर भएकाले देशभरका स्थानीयपालिकाहरु भक्तपुर हेर्न आउने गरेको बताउनु भयो ।
जबसम्म जनता शिक्षित, सचेत र संगठित हुँदैन तबसम्म देश विकास नहुने चिनले गरेको प्रगतिका कारण अमेरिका कमजोर हुँदै गएकाले भेनेजुयलाका राष्ट्रपति दम्पतिलाई लकैतिशैलीमा अपहरण गरको बताउनु भयो । हतियार बेचेर मात्रै धनी भएकाहरुले दाजुभाईहरुलाई पनि लडाउन सक्ने टिप्पणी गर्दै अध्यक्ष विजुक्छेले नेपालमा एमाले पनि भाइ कांग्रेस भएको बताउनु भयो ।
कार्यक्रमा भक्तपुर निर्वाचन क्षेत्र नं. १का उम्मेदवार प्रेम सुवालले आसन्न निर्वाचनमा नेमकिपाको मादलमा नै किन मतदान गर्नुपर्छ भन्ने कुरामा प्रकाश पार्दै नेमकिपाले विरोध गरेकै कारण सांसदको पजेरो सुविधा, पेन्सन सुविधा कार्यान्यन नभएको बताउनु भयो । आसन्न निर्वाचनमा नेमकिपाको मादल बाहेक अरुमा मतदान भयो भने भष्मासुरलाई बरदान दिएको सरह हुने बताउनु भयो । सासद भनेको जनताको पीरमर्का हेर्ने र देशको रक्षा गर्ने जीवन्त सदन बनाउनुपर्नेमा जोड दिंदै उहाँले संसद भनेको देशको कानून, नीति बनाउने, सन्धि सम्झौताहरुको छलफल गर्ने ठल्लो भएको बताउनु भयो । बागमती प्रदेशका सांसद सुरेन्द्रराज गोसाईले विदेशी दलालहरुलाई पराजित गर्नकालागि पनि मादलमा मतदान गर्न आग्रह गर्नु भयो भने अर्का सांसद सृजना सैजूले युवा पुस्ता उमेरमात्र होइन भन्ने भ्रममा नपरौं भन्दै युवा उम्मेर भन्दा बढी विचार हो सिद्धान्त हो भन्नु भयो । विभिन्न चुनावी गतिहरुका साथ भएको सो निर्वाचन कार्यक्रममा विद्यार्थी नेता सुजी ह्यांगोजु, कृष्णभक्त लवजु र विष्णुबहादुर मानन्धर सहितका अतिथिहरुले पनि बोल्नु भएको थियो ।











