सिद्धान्तहिन गठबन्दन विरुद्ध युवा जुत्नुपर्यो: सांसद सुवाल
भक्तपुर, माघ २० गते
सिद्धान्तहिन गठबन्दनको सरकारमा रहेका दलहरु कम्युनिष्ट र समाजबादी हुन नसक्ने भन्दै नेपाल मजदुर किसान पार्टीका सचिव एवं सांसद प्रेम सुवालले देश र जनताको सेवा गर्ने बैकल्पिक पार्टी भनेको नेपाल मजदुर किसान पार्टी मात्रै भएको बताएका छन् ।
नेपाल क्रान्तिकारी युवा संघ चाँगुनारायण नगरको तेस्रो सम्मेलनको शनिबार उद्घाटन गर्नु हुँदै सांसद सुवालले स्वदेशमै रोजगारी दिनुपर्ने लाखौ युवाहरुलाई विदेश पठाउने, देशका सार्वजनिक सम्पतिहरु पूजीवादी र सामान्तहरुलाई मात्रै पोस्ने सत्तासिन दलहरु विरुद्ध लड्न युवाहरु संगठित हुन आग्रह गर्नु भयो ।


सुडालको खत्री टोल देखि ताथलीको फैध्वाकासम्म र्याली गरी आयोजित सो सम्मेलनको उद्घाटन मन्तव्यमा सचिव सुवालले अहिलेसम्म सत्तामा बसेका दल र नेताहरुले देश र जनताको इमान्दारिताका साथ काम नगरेको
भन्दै त्यसको विकल्पको रुपमा नेमकिपा शैद्धान्तिक र बैचारिक रुपले अगाडी बढी रहेको बताएका हुन । अर्कालाई शोषण गर्ने पूजीबादी विचारबाट सरकारमा जाने नामले कम्युनिष्ट भए पनि कम्युनिष्ट नभएको भन्दै उहाँले कम्यूनिष्टहरुले समाजबादी दृष्टिकोणबाट उत्पादनका मुख्य मुख्य साधनहरु सामाजिकीकरण र राष्ट्रियकरण हुनुपर्नेमा अहिले निजीकरणलाई प्रसय दिइरहेको चर्चा गर्दै सांसद सुवालले युवाहरुलाई विदेश पठाएर देश विकास नहुने बताउनु भयो । सांसद सुवालले भन्नु भयो देशको सन्तुलित विकासकालागि नेता, सांसदहरु काठमाण्डौ आएर घर किनेर बस्ने होइन, आआफ्नो ठाउँमा जुत्नुपर्नेमा हो । काठमाण्डौ केन्द्रीत हुँदा काठमाण्डौ उपत्यकामा धुवां धुलोको प्रदुर्षण बढेर काठमाण्डौ उपत्यका प्रदुर्षित भएर उपत्यकाबासी रोगी हुन थाल्यो सांसद सुवालले भन्नु भयो ।
सम्मेलन संयोजन समितिका संयोजक लक्ष्मीनारायण लिगलको सभापतित्वमा भएको सो सम्मेलनमा नेमकिपा भक्तपुर जिल्ला समितिका रमेश बैद्य, चाँगुनारायण नगरका केशव तिमल्सेना, ताथलीका नारायणभक्त न्हेमाफुकी, नेक्रायुसंघ सूनपाका रोशन मचामसी, मध्यपुर थिमीका सुरेन्द्र था श्रेष्ठ, भक्तपुर जिल्लाका राजकुमार लघु, भक्तपुर नगरका जगतराम धुख्वा, चानपा ९का वडाध्यक्ष गणेश त्यात, आयोजक समितिका सरोज दुलाल सहितका अतिथीहरुले युवाहरु देशको सार्वभौमिकता र भूअण्डता रक्षा तथा स्वाधिनतताकालागि बैदेशिक हस्तक्षेप विरुद्ध लड्न तयार हुुनुपर्नेमा जोड दिदै अतिक्रमित भूमि फिर्ताको माग गरेका छन् । यसै गरी युवाहरुलाई विदेश जाने नभई स्वदेशमै रोजगारीको माग गरेका छन् । दलाल म्यानपावर कम्पीनहरु खरेज गर्नुपर्नेमा जोड दिर्दै भ्रष्टाचारीलाई कार्वाही गर्न पनि माग गरेका छन् भने व्यक्तित्व विकासमा समान अवसर सुनिश्चित गर्न पनि माग गरेका छन् ।
विस्तारवाद र साम्राज्यवाद विरुद्ध युव आन्दोलन, देशको सार्वभौमिकता रक्षाको निम्ति तेस्रो नगर सम्मेलन नाराका साथ आयोजित सो सम्मेलनमा जनगायक विनोद विक र सपना शाहीले कालापानी, लिपुलेक र लिम्पियाधुरा हाम्रै हो, सुस्ता पनि हाम्रै हो भन्दै देशभक्ति गितहरु प्रस्तुत गरेका थिए ।













