एमसीसी सम्झौता खारेजीको माग गर्दै नेमकिपाले घेरे तीनतिरबाट संसद भवन
काठमाण्डौं, पुस १६ गते
एमसीसी सम्झौता खारेजीको माग गदै नेपाल मजदुर किसान पार्टीले काठमाण्डौमा जुलुस र सभा आयोजना गरेको छ । बानेश्वरस्थित संसद भवन अगाडी तीनतिर धार्ना दिदै एमसीसी खारेजीको माग गरेका हुन । काठमाण्डौको माइतीघर, कोतेश्वर र पुरानो बानेश्वरबाट नयाँ वानेश्वरसम्म नारा जुलुस गर्दै सो पार्टीका नेता कार्यकर्ता र सर्मथकहरुले एमसीसी राष्ट्रघाटी भएको पुष्टि हुदा हुदै रात दिन एमसीसी संसदबाट पारित गर्न खोजेकोले संसद भवन धेर्न आएको बताए ।

देशभक्त सांसदहरुले एमसीसीको विरोध गर्दै आएको भए पनि सत्तासिन दलहरु आफू सत्तामा रहेको बेलामै एमसीसी जसरी भए पनि पास गर्ने योजनामा रहेकाले संसद भवनसम्म आएर एमसीसी खारेजीको माग गरेको बताए । महाकालि सन्धि खारेजीको माग गर्दै भक्तपुर देखि काठमाण्डौसम्म विशाल जुलुस गरेको नेमकिपाले आज एमसीसी सम्झौता बिरुध निशेधित क्षेत्र बाहिर रहेर संसद भवन घेर्दै एमसीसी सझौता खारेजीको माग गरेका हुन । एमसीसी पास गर्ने सांसदहरुको घर घरमा जनताले घेर्ने चेतावनी दिदै सो अवसरमा कदंकदाचित संसदबाट एमसीसी सम्झौता भए नेपाल एक सेकेण्डमै खरानी हुने धारणा राख्दै नेमकिपाका सचिव एवं सासद प्रेम सुवालले एमसीसी सम्झौतालाई तेकेर अमेरिकी र भारीतय सेना नेपाल पस्ने निश्चित भएसँगै भारत र चीन बीचको युद्धले नेपाल खरानी हुने बताए । चीनलाई घेर्न अमेरिकाले भारतलाई हतियार बेचेर युद्ध आह्वान गर्ने आधार एमसीसी सम्झौता भएको उल्लेख गर्दै सांसद सुवालले सत्तासिन दलले एमसीसी सम्झौता भित्र अझै पनि राष्ट्रघाट देख्न नसकेकाले थप आन्दोलन घोषणा गर्ने चेतावनी दिन्दै एमसीसीका राष्ट्रघाटी सम्झौताका बुद्धाहरु बारे प्रष्ट पारे । सांसद सुवालले अर्बौको ग्यास र पेट्ेलीयम पदार्थ भारतबाट नेपाल ल्याएर नेपालको विद्युत भारतलाई बेच्ने नीति नै राष्ट्रघाट भएको भन्दै श्रीलंकाले जस्तै एमसीसी सम्झौता नेपालले फर्काउनु पर्नेमा जोड दिनु भयो ।
सो अवसरमा नेमकिपाका केन्द्रीय सदस्य रविन्द्र ज्याख्वले एमसीसी सम्झौतामा सिधै राष्ट्रघाटको शब्द उल्लेख गरिएको नपाईए पनि विभिन्न बुद्धाहरुले देशको संबिधान र सार्वभौमिकता भन्दा माथि रहेर काम गर्न सक्ने भएकाले यो राष्ट्रघाटी सम्झौता भएको थोकुवा गरे ।
कार्यक्रममा बागमति प्रदेशका सांसद सृजना सैंजूले हामीले एमसीसी सम्झौता भित्र यो यो राष्ट्रघाटी छ भनि जनता र संसद वीचमा प्रष्ट पार्दै आए पनि एमसीसी पास गर्न घोडा डौडेजस्तै डौडने सांसदहरु पनि राष्ट्रघाटी भएको बताउँदै सत्तासिन दलहरुको राष्ट्रघाटी कदम विरुद्ध आज बानेश्वरस्थित संसद भवन घेर्न आएको बताए ।
सो सभा पूर्व सांसद प्रेम सुवालको नेतृत्वमा माईतिघर देखि बानेश्वरसम्म एमसीसी विरुद्ध नारा जुलुस लगाउँदै बानेश्वसम्म जुलुस आयोजना गरेको थियो सो सभामा नेमकिपाका केन्द्रीय सदस्य नारायण महर्जनले एमसीसी विरुद्ध नेमकिपाले देशभर आन्दोलनको रुपमा जुलुस र सभा गर्नुको कारणहरु बारे प्रष्ट पारेका थिए । यसी बीच नेमकिपाका केन्द्रीय सदस्य एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको नेतृत्वमा पूरानो बानेश्वर देखि पानी ट्यांकी संसद भवन अगाडीसम्म एमसीसी विरुद्ध नाराजुलुस गर्दै सभा आयोजना गरेको थियो भने अर्को समुहले कोटेश्वरबाट प्लेकार्ड र झण्डा सहित नारा जुलुस गर्दै मिन भवनमा सभा आयोजना गरेको थियो ।

















