चित्तवन २१ स्वर्ण पदकसहित शीर्ष स्थानमा, भक्तपुर तेस्रो

चित्तवन २१ स्वर्ण पदकसहित शीर्ष स्थानमा, भक्तपुर तेस्रो
जारी बागमती प्रदेश दोस्रो खेलकुद प्रतियोगिताअन्तर्गत बुधबारसम्ममा सबैभन्दा बढी चितवन जिल्लाले २१ स्वर्ण, १८ रजत र १८ कास्यसहित च्याम्पियन बन्न सफल भएको छ । दोस्रो स्थानमा काठमाडौँ १९ स्वर्णपदक, १४ कास्यपदक र १४ रजत पदकसहित दोस्रोमा आउन सफल भएको हो ।

यसैगरी तेस्रो स्थानमा भक्तपुर आउन सफल भएको छ । भक्तपुरले नौ स्वर्णपदक, १० रजतपदक र नौ कास्यपदक  जित्न सफल भएको छ । यस्तै सिन्धुपाल्चोकले नौ स्वर्ण, चार रजत र १० कास्य जितेको छ । रामेछापले भने सात स्वर्ण, आठ कास्य र १५ रजत जित्न सफल भएको छ । 


प्रदेश राजधानी मकवानपुरले आठ स्वर्ण, चार रजत र ११ कास्य जितेको छ । दोलखा जिल्लाले भने तीन स्वर्ण, नौ रजत र आठ कास्य प्राप्त गरेको छ । त्यसैगरी नुवाकोटले छ स्वर्ण, पाँच रजत र १३ कास्य ल्याउँदा काभ्रेले ११ स्वर्ण, नौ रजत र १२ कास्य ल्याउन सफल भएको छ । 

ललितपुर जिल्लाले     आठ स्वर्ण, ११ रजत र १७ कास्यपदक जित्न सफल भएको छ भने सिन्धुलीले एक स्वर्ण, चार रजत र चार कास्य जित्न सफल भएको छ । धादिङले अहिलेसम्म कुनै स्वर्णपदक जित्न सफल भएको छैन । उक्त जिल्ला पाँच रजत र सात कास्यपदकमा सीमित छ । रसुवाले पनि अहिलेसम्म कुनै स्वर्णपदक जित्न सफल भएको छैन । रसुवाले एक रजतसहित चार कास्यपदक मात्र जित्न सफल भएको छ ।