नेपालगन्जको राझाँमा जैविक चौतारी
नेपालगन्ज÷जैविक चौतारीको माध्यमबाट संरक्षणको सवाल, चुनौती तथा अवसर सम्बन्धी छलफल तथा संवाद कार्यक्रम सम्पन्न भएको छ ।
बास नेपालको आयोजना तथा डिभिजन बन कार्यालय नेपालगन्जको सहयोगमा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २० राझाँमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
जैविक चौतारीको माध्यमबाट जैविक विविधताका बारेमा छलफल गर्ने, सरोकारवाला तथा स्थानीय समुदायका ब्यक्तिहरुको सहभागितामा जैविक विविधता संरक्षणका सवाल, चुनौती र अवसरका बारेमा बहस गर्ने र जैवीक विविधता संरक्षण, जलवायु परिवर्तन सम्बन्धी सवाल तथा चुनौती समाधानका उपायहरु खोज्ने उद्धेश्यले उक्त कार्यक्रमको आयोजना गरिएको थियो ।
डिभिजन बन कार्यालयका वरिष्ठ बन अधिकृत शुशिल सुवेदी, सवडिभिजन कार्यालय राझाँका तोरण देब गिरी, सामुदायिक बन उपभोक्ता महासँघ लुम्बिनी प्रदेशका सदस्य अमृता नेपाल, जिल्ला प्रतिनिधिको उपस्थिती र डुडुवा गाउँपालिका, नेपालगन्ज उपमहानगरपालिका र खजुरा गाउँपालिकाका सामुदायिक बन उपभोक्ता महासँघका पदाधिकारीहरुको सहभागिता रहेको संवादबाट ६ बुदें प्रतिबद्धता जारी गरेको छ । यसरी गरिएका प्रतिबद्धताहरुमा सामुदाकिय बन आसपास बसोबास गर्ने ब्यक्ति÷परिवारको क्षतिपूर्तीका लागि एकिकृत कोष स्थापनाको पहल गर्ने, बनमा हुने आगलागि नियन्त्रणका लागि सव डिभिजन बन मार्फत अग्नी नियन्त्रण सामाग्री (वन बाकस) वितरण गर्ने, पदाधिकारीहरुको चोरी, निकासी र पैठारी रोक्न सचेतना र गस्ती बढाउने, गुरास सामुदायिक वनमा अवस्थित पर्यटकिय स्थलको संरक्षणका लागि स्थानीय तहसँग समन्वय गर्ने, गुरासपुर सामुदायिक वन अन्तरगत नदि कटान रोक्न सम्बन्धीत सामुदायिक बन समिति मार्फत प्रस्तावना पेश भइआएमा सो समस्या समाधानका लागि आवश्यक पहल गर्ने, विभिन्न स्थानमा सामुदायिक बनका अतिक्रमित जमिन संरक्षणका लागि सम्बन्धीत निकायलाई पत्राचार गर्ने र मानव बन्यजन्तु द्धन्द्ध न्यूनीकरणकालागि सबै मिलेर काम गर्ने प्रतिबद्धता गरिएको छ ।
बास नेपालका निर्देशक हेमराज भट्टले सहजिकरण गरेको संवादमा स्वागत तथा कार्यक्रमको उद्धेश्यमाथि प्रकाश डिभिजन बन कार्यालयका वरिष्ठ बन अधिकृत शुशिल सुवेदीले गरेका थिए । झण्डै २ घण्टा सम्म चलेको कार्यक्रमको सञ्चालन बास नेपालका सहजकर्ता ज्वती बुढाले गरेकी थिइन् । कार्यक्रममा २५ जनाको सहभागिता रहेको थियो ।
Featured Posts – Style 1
वित्तिय साक्षारता कार्यक्रम सम्पन
2026-09-16 Comments Off on वित्तिय साक्षारता कार्यक्रम सम्पन
वित्तिय साक्षारता कार्यक्रम सम्पन भक्तपुर घरेलु तथा साना उद्योग संघको आयोजनामा एनएमबी बैक सुर्यविनायक शाखासँगको सहकार्यमा लघु घरेलु तथा साना...
तार चोरी गर्ने तीन जना नियन्त्रणमा
2026-09-16 Comments Off on तार चोरी गर्ने तीन जना नियन्त्रणमा
तार चोरी गर्ने तीन जना नियन्त्रणमाभक्तपुर । चाँगुनारायण नगरपालिका–१, न्यौपाने गाउँस्थित म्क्ष्क्ज् ज्इःभ् ल्भत मा कार्यरत तीन जनालाई नेपाल टेलिकमको...
भक्तपुरमा लेखापढी व्यवसायीका लागि पेशागत क्षमता अभिवृद्धि तथा देवानी कानुनु सम्बन्धी प्रशिक्षण कार्यक्रम हुने
2026-09-16 Comments Off on भक्तपुरमा लेखापढी व्यवसायीका लागि पेशागत क्षमता अभिवृद्धि तथा देवानी कानुनु सम्बन्धी प्रशिक्षण कार्यक्रम हुने
भक्तपुरमा लेखापढी व्यवसायीका लागि पेशागत क्षमता अभिवृद्धि तथा देवानी कानुनु सम्बन्धी प्रशिक्षण कार्यक्रम हुनेभक्तपुर भाद्र ३१ गते नेपाल लेखापढी व्यवसायी...
बाढीपीडितको राहतार्थ ललितपुरमा २५ किलोमिटर लामो बृहत् साइकलिङ र्याली आयोजना हुँदै
2026-09-15 Comments Off on बाढीपीडितको राहतार्थ ललितपुरमा २५ किलोमिटर लामो बृहत् साइकलिङ र्याली आयोजना हुँदै
बाढीपीडितको राहतार्थ ललितपुरमा २५ किलोमिटर लामो बृहत् साइकलिङ र्याली आयोजना हुँदैललितपुर, २८ भदौ । आगामी संविधान दिवसको पावन अवसर पारेर...
प्रारम्भिक बालविकास र अर्ली ग्रेड शिक्षालाई ऐनमै समेट्न अपेनको जोडस् २५ अर्बको लगानी र लाखौँ बालबालिकाको भविष्य सुरक्षित गर्न बेग्लै नीतिको माग
2026-09-15 Comments Off on प्रारम्भिक बालविकास र अर्ली ग्रेड शिक्षालाई ऐनमै समेट्न अपेनको जोडस् २५ अर्बको लगानी र लाखौँ बालबालिकाको भविष्य सुरक्षित गर्न बेग्लै नीतिको माग
प्रारम्भिक बालविकास र अर्ली ग्रेड शिक्षालाई ऐनमै समेट्न अपेनको जोडस् २५ अर्बको लगानी र लाखौँ बालबालिकाको भविष्य सुरक्षित गर्न बेग्लै...













