श्रमिक साकोसको २६ औं स्थापना दिवसको अवसरमा रक्तदान

श्रमिक साकोसको २६ औं स्थापना दिवसको अवसरमा रक्तदान
भक्तपुर, पुस १२ गते
श्रमिक बचत तथा ऋण सहकारी संस्थाको २६ औं स्थापना दिवसको अवसरमा खुल्ला रक्तदान कार्यक्रम आयोजना गरेको छ । जगाती चोक भक्तपुरमा आयोजित सो रक्तदान कार्यक्रममा एक दर्जनले रक्तदान गरेको साकोसका व्यवस्थापक दिनेश ग्वाछाले जनाएको छ । रक्तसञ्चार केन्द्र भक्तपुरको प्राविधिक सहयोगमा आयोजित सो रक्तदान कार्यक्रमका रक्तदाताहरुलाई संस्थाका अध्यक्ष कृष्णनारायण मचामसीले प्रमाण पत्र वितरण गर्नु भयो ।