सूर्यमढीमा दश जोड दुृईदेखि विद्यावारिधीसम्मका विद्यार्थीहरुलाई बधाईज्ञापन
भक्तपुर, १२ पुस
नेपाल मजदुर किसान पार्टीको जनवर्गीय संगठन नेपाल क्रान्तिकारी विद्यार्थी संघ ९ वडा एकाइ समितिको आयोजनामा सूर्यमढीमा प्रवीणता प्रमाणपत्र(प्लस टु) तह, स्नातक तह, स्नातकोत्तर तह, एम.फिल. तह र विद्यावारिधी तह उत्तीर्ण वि.सं. २०७७ सालदेखि २०८२ सम्मका विद्यार्थीहरुलाई बधाईज्ञापन गरेको छ ।
कार्यक्रममा प्रमुख अतिथि एवम् नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले वर्तमान राजनीतिक अवस्थाबारे अवगत गराउनुभयो । उहाँले विद्यार्थीहरु संगठित भई वैचारिक रुपमा परिपक्व हुनुपर्ने बताउनुभयो ।
नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवम् भक्तपुर नगरपालिका वडा नं. ९का वडाध्यक्ष रवीन्द्र ज्याख्वले पहिलाको तुलनामा अहिले शिक्षा र स्वास्थ्यमा भक्तपुर निकै अघि बढेको बताउनुभयो । उहाँले नयाँ पुस्तालाई उत्साहित गरी सामाजिक गतिविधिमा आवद्ध गराउनुपर्ने बताउनुभयो । नेपाल र चीन उही समयमा स्वतन्त्र भएपनि चीनभन्दा नेपाल निकै पछि परेको बताउँदै उहाँले समाजवादी व्यवस्थाले मात्र देश र जनताको हित गर्ने बताउनुभयो । साथै नयाँ पुस्ता गलत बाटोमा हिडे हाम्रै समाज अघि बढ्न नसक्ने तर्क राख्दै उहाँले विद्यार्थीहरुलाई समाज चिनाउन दिनुपर्ने औंल्याउनुभयो ।
नेपाल मजदुर किसान पार्टी ९ वडा समितिका अध्यक्ष कृष्णभक्त लवजुले विद्यार्थी जीवन ज्ञान आर्जन गर्ने भएकाले विद्यार्थीहरुलाई खराव आचरणमा लाग्न दिन नहुने बताउनुभयो । उहाँले नेक्राविसंघ नेपाल मजदुर किसान पार्टीले अँगालेको सिद्धान्त र विचारमा अघि बढ्ने भएकोले यसमा लागेका विद्यार्थीहरु सिद्धान्तहिन गतिविधिमा नलाग्ने स्पष्ट पार्नुभयो ।
नेपाल क्रान्तिकारी विद्यार्थी संघ २४आौं भक्तपुर जिल्ला सम्मेलन तयारी समितिका सचिव सुजी ह्योंग्वले सिद्धान्त र विचारमा नलागी गरेको जेनजी आन्दोलनले वास्तविक जनताको उपलब्धी बलिदानीमा तुङ्ग्याउनुपरेको स्पष्ट पार्नुभयो । साथै उहाँले विद्यार्थी संघको इतिहासबारे स्पष्ट पार्दै नेपाल मजदुर किसान पार्टीको मार्गदर्शक सिद्धान्तमा लागेकै कारण त्यस्तो कार्यक्रममा समाहित नभएको बताउनुभयो ।
आयोजक समितिका संयोजक राज प्रजापतिको सभापतित्वमा भएको उ्रक्त कार्यक्रममा नेक्राविसंघ भक्तपुर नगरसमितिका सचिव प्रज्वल खत्री, सगुन धन्छालगायतले बोल्नुभएको थियो ।
कार्यक्रममा विद्यावारिधीतर्फ ४ जना, एम फिलतर्फ २ जना, स्नातकोत्तरतर्फ ४० जना, स्नातकतर्फ ४५ जना र दश जोड दुई÷प्रवीणता प्रमाणपत्र तर्फ १२५ जनालाई प्रमुख अतिथि, अतिथिहरुबाट बधाईपत्र, मायाको चिनो प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा विद्यार्थीहरुबाट विभ्रिन्न नृत्य तथा प्रहसनहरु प्रस्तुत भएको थियो ।
https://www.culturalsurvival.org/news/kathmandus-newar-indigenous-community-warns-climate-change-destroying-their-ancient-culture
Featured Posts – Style 1
भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान
2026-10-17 Comments Off on भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान
भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान भक्तपुर, २०८३ असोज ३१ भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा विजयादशमी तथा...
फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक
2026-10-17 Comments Off on फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक
अभिनेत्री रेखा थापा अभिनीत फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक भएको केही दिनमै युट्युबमा एक...
६५ वर्षीया एकल महिला नानी कान्छी खत्रीलाई घर बनाइदिने घोषणा
2026-10-17 Comments Off on ६५ वर्षीया एकल महिला नानी कान्छी खत्रीलाई घर बनाइदिने घोषणा
धादिङ । वरिष्ठ पत्रकार तथा स्वतन्त्र नागरिक अभियान नेपालका संयोजक ऋषि धमलाले बाढीले घरबार गुमाएकी ६५ वर्षीया एकल महिला नानी...
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
2026-10-16 Comments Off on इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित भक्तपुर इतिहास, पुरातत्त्व तथा संस्कृतिका क्षेत्रमा अतुलनीय योगदान पुर्याउनुभएका...
देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना
2026-10-16 Comments Off on देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना
देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना भक्तपुर। भक्तपुर नगरपालिकाद्वारा सञ्चालित 'देको मिवा ईतापाके जग्गा एकीकरण आयोजना'...













