चाँंगुनारायण । चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३र०८४ को लागि दुई अर्व चार करोड रुपैंयाको बजेट प्रस्तुत गरेको छ । बुधबार बसेको नगरसभाको १८ औं अधिवेशनमा उपप्रमुख रमेश बुढाथोकीले बजेट प्रस्तुत गरेका हुन् ।
प्रस्तुत बजेटमा आन्तरिक श्रोतका रुपमा सिफारिस दस्तुर, व्यवसाय दर्ता तथा नविकरण शुल्क, घरनक्सा पास दस्तुरबाट ३४ करोड ६ लाख २० हजार आन्तरिक आय हुने अनुमान गरिएको छ । त्यस्तै सवारी साधनको राजस्वबाट आठ करोड २२ लाख र घरजग्गा रजिष्ट्रेशनबाट ८६ करोड रूपैयाँ प्राप्त हुने अनुमान गरिएको छ । त्यस्तै संघीय सरकारबाट १६ करोड ३७ लाख, राजस्व बाँडफाँडबाट १२ करोड ४१ लाख ९१ हजार तथा सशर्त अनुदान मार्फत ५५ लाख र विशेष अनुदान मार्याल योजना बैंकमा बहिुवर्षीय योजना अन्तरगत तीन करोड विनियोजन भएकोमा यस आर्थिक वर्षमा एक करोड ५० लाख प्राप्त भएको बजेट बक्तव्यमा उल्लेख छ । त्यस्तै बागमती प्रदेश सरकारबाट वित्तीय समानीकरण अनुदान मार्फत एक करोड ४९ लाख ९७ हजार, सशर्त अुनदान मार्फत तीन करोड ५१ लाख २५ हजार तथा विशेष अनुदान मार्फत ७० लाख प्राप्त भएको जनाइएको छ ।
बजेट बक्तव्य प्रस्तुत गर्दै उपप्रमुख बुढाथोकीले श्रोतको सुनिश्चितता भएमा मात्र बजेटले अपेक्षा गरेका उपलब्धीहरु हासिल गर्न नगरवासीहरुलाई सेवा सुविधा उपलब्ध गराउन सकिने भएकाले लक्ष्य अनुसारको राजस्व संकलन हुन आवश्यक रहेको बताए ।
कार्यक्रममा आर्थिक वर्ष २०८३।०८४ को नीति तथा कार्यक्रमसमेत प्रस्तुत गरिएको थियो । बजेट तथा नीति तथा कार्यक्रम असार २८ गते बस्ने अर्को नगरसभाको बैठकले पारित गर्ने उप प्रमुख बुढाथोकीले जानकारी दिए । कार्यक्रममा मेयर जीवन खत्री उपस्थित भएनन् । विशेष व्यस्तताका कारण मेयर अनुपस्थित रहेको कार्यक्रममा बताइयो । यसअघि मेयरलाई कुरेकै कारण कार्यक्रम झण्डै दुई घण्टा ढिलो सुरु भएको थियो ।
Featured Posts – Style 1
श्री बागोहिणी माध्यमिक विद्यालयमा सामाजिक परीक्षण तथा विविध कार्यक्रम सम्पन्न
2026-09-23 Comments Off on श्री बागोहिणी माध्यमिक विद्यालयमा सामाजिक परीक्षण तथा विविध कार्यक्रम सम्पन्न
श्री बागोहिणी माध्यमिक विद्यालयमा सामाजिक परीक्षण तथा विविध कार्यक्रम सम्पन्नभक्तपुर। चाँगुनारायण नगरपालिका वडा नं. ७ मा अवस्थित श्री बागोहिणी माध्यमिक...
प्रकृतिको खुला क्यान्भासमा ४०० वर्ष पुरानो इतिहासताथलीका चट्टान अभिलेख संरक्षणमा जुटे अभियान्ता प्रेमध्वज
2026-09-23 Comments Off on प्रकृतिको खुला क्यान्भासमा ४०० वर्ष पुरानो इतिहासताथलीका चट्टान अभिलेख संरक्षणमा जुटे अभियान्ता प्रेमध्वज
प्रकृतिको खुला क्यान्भासमा ४०० वर्ष पुरानो इतिहासताथलीका चट्टान अभिलेख संरक्षणमा जुटे अभियान्ता प्रेमध्वज बृहत् वृक्षारोपण एवं विशिष्ट व्यक्तित्व सम्मान कार्यक्रमचाँगुनारायण-९,...
भक्तपुरमा विभिन्न मुद्दाका ३ फरार प्रतिवादी पक्राउ, जरिवाना असुलका लागि अदालत पेस
2026-09-23 Comments Off on भक्तपुरमा विभिन्न मुद्दाका ३ फरार प्रतिवादी पक्राउ, जरिवाना असुलका लागि अदालत पेस
भक्तपुरमा विभिन्न मुद्दाका ३ फरार प्रतिवादी पक्राउ, जरिवाना असुलका लागि अदालत पेस भक्तपुर। अदालतको फैसला कार्यान्वयन अभियान अन्तर्गत भक्तपुर प्रहरीले...
चाँगुनारायणमा खगां बैलस् प्याखँ दीक्षान्त कार्यक्रम तथा नाच प्रदर्शन हुने
2026-09-23 Comments Off on चाँगुनारायणमा खगां बैलस् प्याखँ दीक्षान्त कार्यक्रम तथा नाच प्रदर्शन हुने
चाँगुनारायणमा खगां बैलस् प्याखँ दीक्षान्त कार्यक्रम तथा नाच प्रदर्शन हुनेभक्तपुर, असोज ९ गते।चाँगुनारायण नगरपालिका–९, ताथलीमा ऐतिहासिक, मौलिक तथा परम्परागत ुखगां...
चट्टान अभिलेखको प्रचार र संरक्षणकालागि ’वृहत् वृक्षारोपण तथा विशिष्ट व्यक्तित्व सम्मान कार्यक्रम २०८३’ भव्य रूपमा सम्पन्न
2026-09-22 Comments Off on चट्टान अभिलेखको प्रचार र संरक्षणकालागि ’वृहत् वृक्षारोपण तथा विशिष्ट व्यक्तित्व सम्मान कार्यक्रम २०८३’ भव्य रूपमा सम्पन्न
चट्टान अभिलेखको प्रचार र संरक्षणकालागि ’वृहत् वृक्षारोपण तथा विशिष्ट व्यक्तित्व सम्मान कार्यक्रम २०८३’ भव्य रूपमा सम्पन्नभक्तपुर, असोज ६ गतेचाँगुनारायण नगरपालिका...













