चनपाका जनप्रतिनिधीले लिए शपथ ग्रहण

चनपाका जनप्रतिनिधीले लिए शपथ ग्रहण
भक्तपुर, जेष्ठ ५ गते
मत परिणाम ढिला गरी आएपनि चाँगुनारायण नगरपालिकाका निर्वाचित जनप्रतिनिधीहरुले चाँदै सपथ ग्रहण गरेका छन् । भक्तपुर जिल्लाका मुख्य निर्वाचन अधिृकत गोपाल प्रसाद बास्तोलाले नवनिर्वाचित नगर प्रमुख जीवन खत्रीलाई आज राष्ट्र र जनताको नाममा सपथ गराएपछि नगर प्रमुख खत्रीले उपप्रमुख सहित निर्वाचित जनप्रतिनिधीहरुलाई सपथ ग्रहण गराएका हुन । भक्तपुरका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, प्रहरी उपरिक्षक शिवकुमार श्रेष्ठ, जिल्ला निर्वाचन अधिकृत नरेन्द्रप्रसाद न्यौपाने लगायतका सरोकारवालाहरुको सहभागितामा आयोजित सो कार्यक्रममा प्रजिअ शर्माले जननिर्वाचित जनप्रतिनिधीहरुलाई निमानुसार काम गर्न कुनै अप्ठेरो परेमा जिल्ला प्रशासन र प्रहरी साथमा रहेको बताए भने निर्वाचन अधिकृत फणेश्वरी धिमिरेले दिनरात नभनि निर्वाचन सम्पन्न गरी निर्वाचित जनप्रतिनिधिहरुले इमान्दारीताका साथ काम गरेको हेर्न चाहेको धारणा राख्नु भयो ।

सो नगरपालिकाको हिजो विहान मात्रै मतगणना सम्पन्न गरेको थियो । निर्वाचित भएपछि मतदातालाई धन्यवादज्ञापन चलि रहेको बेलामै सपथ ग्रहण गराएकाले चानपा ९का जनप्रतिनिधीहरु भने सो कार्यक्रममा सहभागि हुन सकेका थिएनन् । चानपा ९का नवनिर्वाचित वडाध्यक्ष गणेश त्यात सहित जनप्रतिनिधीहरु शुभचिन्तकहरुका साथ जसरी मत माग्न घरदैलो पुगेका थिए त्यसरी नै घरदैलो पुगेर मतदाताहरु र वडावासीहरुलाई धन्यवाद ज्ञापन गरिहेका थिए । ताथलीको ब्रम्हायणी मन्दिर परिसरबाट सुरु गरेको धन्यवादज्ञापन र्याली इथा, मसान्दो, चोलिँचा, नासांगु, तव्या खुसी हुँदै सौदोल पुगेका थिए ।
यता मतगणना स्थल विद्युत तालिम केन्द्र खरिपाटिमा सपथ ग्रहण पश्चात चाँगुनारायण नगरपालिकाले पूर्व जनप्रतिनिधीलाई विदाई तथा नव निर्वाचित जनप्रतिनिधीहरुलाई स्वागत कार्यक्रम आयोजना गरेको छ ।
अत्यधिक बहुमतले जननिर्वाचित भक्तपुर नगरपालिकाका जनप्रतिनिधीहरुको भने भोलि विहान सपथ ग्रहण गराउने कार्यक्रम रहेको मुख्य निर्वाचन अधिकृत वास्तोलाले जनाएको छ । मध्यपु थिमीका जनप्रतिनिधीहरुको भन्ने सोमबार मात्रै सपथ ग्रहण हुने र सूर्यविनाक नगरपालिकाका जनप्रतिनिधीहरुको सपथ ग्रहण कार्यक्रम तर्जुमा हुन बाँकी रहेको उहाँले बताए ।