परोपकार संस्थाको स्थापना दिवसमा पराजुली र मानन्धर सम्मानित
असोज १०, केके मानन्धर ।
नेपालकै जेठो लोककल्याणकारी ‘परोपकार संस्था’को ७९ ओैँ स्थापना दिवसमा दुई जना व्यक्तित्व सम्मानित भएका छन् । ‘समाजसेवाका शिखर पुरुष दयावीरसिंह कंसाकार’ नामक पुस्तक तयार गरेकोमा प्राध्यापक हरिप्रसाद पराजुली तथा समाजसेवी गोपाल कृष्ण मानन्धरलाई सम्मान गरेको हो । उहाँहरुलाई सर्वोच्च अदालतका पूर्व न्यायाधीस गिरिशचन्द्र लालले सम्मान पत्र हस्तान्तरण गर्नुभएको थियो । पराजुलीद्वारा लिखित पुस्तकको लागि मानन्धरले प्रकाशन सहयोग गर्नुभएको थियो । समाजिक सेवाका अद्वितीय व्यक्तित्व तथा नेपालकै पहिलो रक्तदाता दयावीरसिंह कंसाकारको जिवनीमा आधारित पुस्तकलाई काठमाडौंमा सम्पन्न परोपकार संस्थाको कार्यक्रममा लोकार्पण गरिएको थियो ।
हैजा महामारी फैलिएको बखत स्वास्थ्य सेवा दिने उद्देश्यले २००४ असोज १० गते कंसाकारले परोपकार संस्था स्थापना गर्नुभएको थियो । संस्थाले बालबालिकाको लागि अनाथालय सन्चालन र नेपालका लगभग ३२ वटा जिल्लाबाट १३ वटा दान विभाग शाखा स्थापना गरेर स्वास्थ्य सेवा प्रदान गरेको थियो । तत्कालीन सरकारले पर्याप्त मात्रामा स्वास्थ्य सेवा दिन नसकेका दुर्गम जिल्लाका प्राथमिक उपचार केन्द्रको लागि अनुदान, औषधि तथा स्वास्थ्यकर्मीको लागि पारिश्रमिक समेत संस्थाले उपलब्ध गराएको थियो । संस्थाले निःशुल्क एम्बुलेन्स सेवा, छात्राबास, परोपकार आदर्श माध्यमिक विद्यालय र प्रसूति गृहसमेत सञ्चालन गरेको छ ।
तत्कालीन अवस्थामा रगत बगाउन नहुने अन्धविश्वासलाई चुनौती दिएर कंसाकारले पहिलो पटक रक्तदान गर्नुभएको इतिहास छ । उहाँ आफैले रगत दान गरेर मृत्यसँग लड्दै गरेको बिरामीलाई जीवन दान दिएपछि क्रमिक रुपमा रक्तदानको चेतना अभिवृद्धि भएको बताइन्छ ।
कार्यक्रममा हितकरवीरसिंह कंसाकार, सर्वोच्च अदालतका पूर्व न्यायाधीस गिरिशचन्द्र लाल, समाजसेवी शरद शर्मा, लोककवि राजभाइ जकःमि, शिक्षासेवी माधुरी मानन्धर, डा. डम्बर बहादुर नेपाली, प्राध्यापक हरिप्रसाद पराजुली, समाजसेवी गोपाल कृष्ण मानन्धर, परोपकार आदर्श माध्यमिक विद्यालयका शिक्षासेवी, पत्रकार लगायतको सहभागिता रहेको थियो ।
https://www.culturalsurvival.org/news/kathmandus-newar-indigenous-community-warns-climate-change-destroying-their-ancient-culture
Featured Posts – Style 1
भक्तपुरका शिक्षकहरूबीच विजयादशमीको शुभकामना आदानप्रदान
2026-10-15 Comments Off on भक्तपुरका शिक्षकहरूबीच विजयादशमीको शुभकामना आदानप्रदान
भक्तपुरका शिक्षकहरूबीच विजयादशमीको शुभकामना आदानप्रदान भक्तपुर, असोज २९ गते । नेपाल क्रान्तिकारी शिक्षक संघ, वागमती प्रदेश सम्पर्क समितिको आयोजनामा विजया...
विजया दशमी तथा शुभ दीपावली-२०८३को उपलक्ष्यमा शुभकामना आदानप्रदान
2026-10-15 Comments Off on विजया दशमी तथा शुभ दीपावली-२०८३को उपलक्ष्यमा शुभकामना आदानप्रदान
भक्तपुर, २८ असोज । भक्तपुर जिल्ला बक्सिङ संघको आयोजनामा विजया दशमी तथा शुभ दीपावली-२०८३को उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रम ४६ आैं नेपाल भाषा साहित्य त:मुज्याका अध्यक्ष एवं ७ नं वडाध्यक्ष उकेश कवाँको प्रमुख आतिथ्यतामा बज्र बुटिक होटल बालाखूमा बुधबार सम्पन्न भयो । कार्यक्रममा प्रमुख अतिथि उकेश कवाँ ले ४६ आैं तमुज्या बारे बताउँदै दशैको फुर्सदको समय र जनता र समाजको आवश्यकता अनुसार अगाडि बढेको बताउँदै जसरी पदार्थबाट चेतना आए अनुसार समय परिस्थितिको आवश्यकता अनुसार त:मुज्या स्थापना भएको र जनतालाई चेतना दिन र दविएर बसेका तल्लो वर्गका जनतालाई उत्थान गर्न हो भन्नुभयो । उहाँले सत्य बोलेर शुकरातले मृत्यु वरण गर्नुपरेको बताउनुभयो । उहाँले प्रकृतिले दिए अनुसार हाइड्रोपावरको विकास गरे रोजगारी सृजना गर्ने तर प्रकृति प्रकोपले हाइड्रोपावरमा क्षतिले यसमा पनि पुनः विचार गर्नुपर्ने साथै पृथ्वीमा बढेको तापक्रमले हिम पहिरोले हिमाल नष्ट हुने भएकोले आैधोगिकरणले आएको प्रदुषणले भएकोमा यसबाट अमेरिका भागेको तर चीन यसबारे सचेत रहेको बताउनुभयो । उहाँले डाटा सेन्टरले नेपालले भन्दा ठुलो देशले फाइदा लिने तर नेपालको सुचना लिने भएकोले देशको हित नहुने देखिएको बताउनुभयो । अहिलेको सरकार ३५ बर्ष शासन गरेको पुरानो सरकार वीच तात्विक भिन्नता नभएको बताउँदै जसरी अमेरिकाले तेलको लागि भेनेजुयलाका मादुरो जसरी अपहरण गरे त्यसरी नै नेपालमा अमेरिकी कथपुतली सरकार बनाएको भन्नुभयो । उहाँले यो सरकारले स्वास्थ्य विमा र शिक्षकलाई दशै खर्च समेत दिन नसकेकोबाट स्पष्ट भएको बताउँदै सिध्दान्त र विचारको बाटो नभएको व्यक्ति गन्तव्य नपुग्ने बताउनुभयो । उहाँले विगतमा ठुला दलले एनजीओबाट कार्यकर्ता पालेकोले देशले आजको स्थिति भोग्नुपरेको बताउनुभयो । कार्यक्रमका सभापति भक्तपुर जिल्ला बक्सिङ संघका अध्यक्ष रामकृष्ण प्रजापतिले शुभकामना दिँदै दशैंलाई भाैतिकवादी दृष्टिकोणले मनाउन अनुरोध गर्नुभयो । उहाँले दशैंजस्तो परम्परागत चाडलाई मार्क्सवादी दृष्टिकोणबाट हेर्दा, यो चाडको सामाजिक, आर्थिक र वर्गीय पक्षलाई बुझ्न आवश्यक हुन्छ भन्नुभयो । उहाँले मार्क्सवादी दृष्टिकोणले धर्म, परम्परा, र सांस्कृतिक अभ्यासहरूलाई वर्गसंघर्षको सन्दर्भमा विश्लेषण गर्नुपर्छ भन्नुभयो । उहाँले दशैं चाड सामन्ती परम्परा र पितृसत्ताको प्रतिनिधि हुने र आर्थिक शोषण र उपभोगवादलाई बढावा दिँदा गरिब तथा मजदुर वर्ग ऋण लिएर पनि चाड मनाउँछन्, तर धनी वर्गले उपभोगवादको रमाइलो गर्छन् भन्नुभयो । उहाँले दशैंलाई अन्धविश्वासको धार्मिक सस्कारलाई चिरेर जानुपर्ने बताउनुभयो । उहाँले दशैंलाई पुरानै ढंगले नमनाई यसको सामाजिक न्याय र समानताको सन्देश दिने गरि मनाउनु पर्ने बताउनुभयो । उहाँले मार्क्सवादी दृष्टिकोणले दशैंलाई सांस्कृतिक पुनर्संरचना गर्ने अवसरका रूपमा प्रयोग गर्न र धार्मिक अन्धविश्वासको स्थानमा वैज्ञानिक सोच, वर्गीय चेतना, र समानतामूलक समाजको निर्माणको अवसरमा मनाउन अनुरोध गर्नुभयो । उहाँले बागमती प्रदेश बक्सिङ संघले दशाैं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि कार्तिक ९ देखि १२ गतेसम्ममा खेलाडी छनाैट गर्ने निर्णय भएको जानकारी दिनुभयो । कार्यक्रममा नेपाल बक्सिङ महासंघका कोषाध्यक्ष गाैतम सुजखुले स्वागत मन्तव्य राख्दै कार्यक्रमको आैचित्यता वारे प्रकाश पार्नुभयो भने कार्यक्रम सचिव साजन लघुले संचालन गर्नुभयो ।
दशैंमा बजार अनुगमन
2026-10-15 Comments Off on दशैंमा बजार अनुगमन
दशैंमा बजार अनुगमन भक्तपुर, २८ असोज । भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा सुकुलढोका रहेको पसलहरुमा बजार अनुगमन...
गजेन्द्रमोक्ष धाममा मंसिर १ देखि विराट महायज्ञ हुँदै, यस्ता छन् मुख्य आकर्षण
2026-10-14 Comments Off on गजेन्द्रमोक्ष धाममा मंसिर १ देखि विराट महायज्ञ हुँदै, यस्ता छन् मुख्य आकर्षण
गजेन्द्रमोक्ष धाममा मंसिर १ देखि विराट महायज्ञ हुँदै, यस्ता छन् मुख्य आकर्षण नवलपरासी । नवलपरासीको पवित्र तीर्थस्थल त्रिवेणीस्थित श्रीगजेन्द्रमोक्ष दिव्यधाममा...
कुम्ह सागर एण्ड खवप ब्याण्डका कलाकारहरूलाई सम्मान
2026-10-14 Comments Off on कुम्ह सागर एण्ड खवप ब्याण्डका कलाकारहरूलाई सम्मान
कुम्ह सागर एण्ड खवप ब्याण्डका कलाकारहरूलाई सम्मान २५ आश्विन, भक्तपुर। मुक्ति संगीत प्रशिक्षण केन्द्र, भक्तपुरको आयोजनामा सुर्यविनायक नगरपालिका–८, रानीकोटस्थित भिलेज...











