पँभो गणेश सिद्धि बृद्धि बिम्ह म्यूजिक भिडियो सार्वजनिक

पँभो गणेश सिद्धि बृद्धि बिम्ह म्यूजिक भिडियो सार्वजनिक
भक्तपुर, असोज ७ गते
भक्तपुर नगरपालिका वडा नं. ७का वडाध्यक्ष उकेश कवांले पँभो गणेश सिद्धि बृद्धि बिम्ह नामक नेपाल भाषाको भिडियो सहितको गीत आज लाकोर्पण गर्नु भएको छ । भक्तपुरका विभिन्न सम्पदाहरु मध्ये पँभो गणेशको ईतिहास र साँस्कृतिक महत्वलाई बुझाउन यस गीतले महत्वपूर्ण योगदान पुग्ने विश्वासका साथ पँभो गणेश खँचा भजन खलले पँभो गणेश बारे भिडियो सहित गीत निर्माण गरी आज सार्वजनिक गरेको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि कवांले ईतिहासमा सार्वभौमिकता रक्षाकालागि गणेश र कुमारको भूमिकालाई चर्चा गर्दै देशको राजनैतिक र सामाजिक विषयवस्तुहरुमा पनि सुझबुझ राख्न सकेन भने विदेशी ठिचोमिठोको सिकार हुन सक्ने भन्दै उहाँले जनतालाई सचेत पार्न पनि यस्तो खालको गीत निर्माण गर्न आवश्यक भएकोमा जोड दिनु भयो । कार्यक्रममा भनपा ७ का पूर्व वडाध्यक्ष कृष्णगोविन्द खाईतु, समाजसेवी रत्नलाल साँध, वद्रिराम छुस्यावग सहितका अतिथिहरुले पँभो गणेश र सामाजिक विषयवस्तुहरुमा आआफ्नो धारणा व्यक्त गरेका थिए ।