लान्चाफल्चादेखि चोखामरुसम्म पसल अनुगमन
भक्तपुर, ३१ जेठ । भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा लान्चाफल्चादेखि चोखामरुसम्म १४ वटा पसलहरु जेठ ३० र ३१ गते दुई दिन मंगलबार र बुधबार अनुगमन गरियो । अनुगमनमा धेरै पसलहरु दर्ता नभएको पाइएको संयोजक गोराले बताउनुभयो ।
जेठ ३० गतेको अनुगमनमा फर्निचर वर्कशप नविकरण गरिराखेको नदेखिएकोले नविकरण गरेको विल सहित नगरपालिकामा उपस्थित हुन निर्देशन दियो । भिआईपि मःमः सेन्टर एण्ड खाजा पसल दर्ता भएकोले त्यहि दर्ता गरायो । जल्पादेवी दुध डेरी तथा तरकारी फलफुल शप पनि दर्ता विना संचालन गरेकोले दर्ता गराई केडिसि ध्यू उत्पादन मिति नभएकोले नष्ट गर्न लगाई प्योकजिड्ड सामानहरु खाद्य विभागबाट अनुज्ञापत्र लिई लेवल राखी मात्र विक्रि वितरण गर्न निर्देशन दियो । विमला अमात्यको किराना पसलमा मुल्य सुचि राख्न, तराजु नापतौल विभागमा नविकरण गर्न र म्याद नाघेको सामानहरु समिरा स्लाईड केक ५ पाकेट, कप केक ३ पाकेट, चार्ज जुस २ वटा जफत गरी नष्ट गरियो । शिवराम स्टोरमा चोकोस ६ पाकेट म्याद सकेको जफत गरी नष्ट गरी प्योकजिड्ड सामानहरु खाद्य विभागबाट अनुज्ञापत्र लिई लेवल राखी मात्र विक्रि वितरण गर्न निर्देशन दियो । श्री महालक्ष्मी फर्निचर नविकरण तीन दिन भित्र गर्न निर्देशन दिएको वडा निरिक्षक रामकृष्ण प्रजापतिले बताउनुभयो ।


जेठ ३१ गतेको अनुगमनमा पुष्प किराना पसल पसल नविकरण गर्न, साइन बोर्ड राख्न, मुल्य सुचि राख्न, तराजु नापतौल विभागमा नविकरण गर्न, म्याद नाघेको कोपको ३९ पाकेट, पाउरोटी बम १ पाकेट जफत गरी नष्ट गरियो । एस आर स्टोर नविकरण गर्न, तराजु नापतौल विभागमा नविकरण गर्न निर्देशन दियो । लक्ष्मी एण्ड लक्ष्मी स्टोरमा म्याद नाघेको पपकर्न ३ पाकेट जफत गरी नष्ट गराई प्योकजिड्ड सामानहरु खाद्य विभागबाट अनुज्ञापत्र लिई लेवल राखी मात्र विक्रि वितरण गर्न निर्देशन दियो । फेन्सी कफि शप म्याद नाघेको जम्बो कोक ४ वटा, फाण्टा २ वटाअ, स्प्राईट ७ वटा, ड्यु ३ वटा, आधा लिटरको सेभेन अप ७ वटा जफत गरी नष्ट गरियो भने म्याद नाघेको सामानहरु पसलमा नराख्न र तराजु नापतौल विभागमा नविकरण गर्न निर्देशन दियो । जय याकती अजिमा हार्डवेयर सप्लार्यस नविकरण गर्न, तराजु नापतौल विभागमा नविकरण गर्न निर्देशन दियो । शुभ विहानी खानेकुरा पसल दुई बर्षदेखि नविकरण नभएकोले त्यहि नविकरण गरायो । पुण्यश्वरी किराना स्टोर दर्तँ नभएकोले त्यहि दर्ता गराई साइनबोर्ड राख्न, तराजु नापतौल विभागमा नविकरण गर्न निर्देशन दिएको वडा निरिक्षक रामकृष्ण प्रजापतिले बताउनुभयो ।
अनुगमनमा सदस्य रोशन मैया सुवाल, रिता फसिकवा, ज्ञानबहादुर मानन्धर, भनपा श्यानिटेशका उपशाखा प्रमुख दिलिप कुमार सुवाल, व.नि.रामकृष्ण प्रजापति, कर उपशाखाका मोहनदेवी व्याञ्जू, जिल्ला प्रशासन कार्यालय भक्तपुरका यादव प्रसाद मिश्र, उद्योग बाणिज्य संघ भक्तपुरका गौतम सुजखु, राजु त्वानाबासु, महानगरीय प्रहरी प्ररिसरका प्रहरी बरिष्ठ सहायक निरिक्षक भागउर प्रसाद हरिजन, बाबुराम लामा घरेलु तथा साना उद्योग संघका सुमित्रा श्रेष्ठ, घरेलु कार्यालयका सिताराम त्वायनाको सहभागी थियो ।












