श्रमदाताहरुलाई सम्मान गर्न अभियान्ताहरु अनुरोध गर्दै दुवाकोट प्रहरीमा धर्ना

श्रमदाताहरुलाई सम्मान गर्न अभियान्ताहरु अनुरोध गर्दै दुवाकोट प्रहरीमा धर्ना

भक्तपुर, भाद्र ३ गते

निल बाराही मन्दिर संरक्षण समितिले आज दिनभर दुवाकोट प्रहरी चौकीमा धर्ना दिएका छन् । सम्पदा संरक्षणमा असहयोग हुने गरी स्थानीय जनप्रतिनिधी र प्रहरी मिलेर निलबाराही मन्दिर परिसरको पहिरो रोथथामकालागि खतिएको डोजरको साँचो खोसेको आरोप लगाउँदै अभियान्ताहरुले श्रमदाताहरुको सम्मान गर्दै डोजरको साँचो फिर्तादिन आग्रह गर्दै चौकीमा रातभर धर्ना दिएको बताएका छन् । दुवाकोट प्रहरी चौकीका जवानहरुले हिजो साँझ सो डोजरेको साँचो खोसेर चाँगुनारायण नगरपालिकामा बुझाएको प्रहरीले जानकारी दिदाँ पनि अभियान्ताहरुले साँचो खोस्ने कार्य प्रहरीले गरेको के कति वा कस्को गुनासो, उजुरी वा निर्देशनका आधारमा सम्पदा संरक्षण अभियान भाड्न कार्य गरेको हो? सोको जवाफ र जिम्मेबार व्यक्तिहरुलाई अभियान्ताहरुको अगाडी जवाफदेही बनाउन आग्रह गरेका हुन् । अभियान्त निशुल प्रजापतिका अनुसार हिजो साँझ देखिको धर्नासँगै अहिले सरोकारवालाहरु बीच सहमतिको वातावरण बनाउँदै छलफल कार्य भइरहेको बताएका छन् ।