“सालकको खपटा सहित मानिस नियन्त्रण”
भक्तपुर, चैत्र २१ गते
सालकको खपटा सहित महानगरीय प्रहरी परिसर भक्तपुरले दुईजनालाई पक्राउ गरेको छ । चाँगुनारायण नगरपालिका वडा नम्वर २ भक्तपुरबाट खपटा लिएर विक्रि वितरणका लागि हिडेको भन्ने विशेष सूचनाको आधारमा प्रहरी अनुसन्धान टोलीले ति ब्यक्तिहरुलाई पक्राउ गरेको हो । अन्दाजी ९९८ ग्राम बराबरको सालकको खपटा रहेको कालो रंगको झोला र मोटरसाईकल सहित तिनीहरुलाई पक्राउ गरेका हुन । पक्राउपर्नेहरुमा मकवानपुर हेटौडा उपमहानगरपालिका वडा नं. ३ घर भई हाल चानपा २ बस्ने आसुतोष थपलिया र सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउँपालिका वडा नं २ घर भई हाल चानपा २ बस्ने २६ वर्षका अमृत गजमेररहेको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी बसन्त पाठकले जनाएको छ ।















