हलो जातेरै मनाए, जिबजिबेका कृषकहरुले रोपाई दिवस

हलो जातेरै मनाए, जिबजिबेका कृषकहरुले रोपाई दिवस
रसुवा, असार १५ गते
रसुवाका कृषकहरुले प्रविधालाई भन्दा परम्परामा विश्वास गर्दै यस वर्षको धान दिवस मनाएका छन् । रसुवाको कालिकागाउँपालिका जिबजिबेका कृषकहरुले हलो जेतेरै असार पन्ध्र मनाएका हुन । देशी विदेशी पर्यटकहरुलाई पाहुना बोलाएर राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव मनाएका हुन ।


सधै पानी आइरहने जिबजिबेको सो क्षेत्रमा बर्षमा तीन पटक धान रोप्न सकिने कृषकहरु बताउँछन् । यद्यपी चैत्रे धान र असारे धान गरी दुई बाली भित्र्याइ आएका छन् । गारेटो बाटो, त्यसमाथि भिर पाखोमा समेत हलो जोतरै धान उब्जनी गर्ने जिबजिबेका कृषकहरुको हलो संस्कृतिमा रमाएका पर्यटकहरु देखेर स्थानीय जेष्ठ नागरिकहरुले विदेशी आएन भने के गरी खाने असारे गीत गाउँदै असारे गीत प्रतियोगितामा समेत भाग लिएका थिए । सहभागि कृषकहरुले असारे पन्ध्र दही चिउँरा खाने, श्रावणे पन्द्र खिर खाने संस्कति झल्काउँदै अक्षर नचिनेका पहिलाका कृषकहरुले बालि र रोपाईमै रमाएको अहिले विकासको रहर आएको चर्चा गर्दै कृषकका दुःखहरु पाखेका थिए । विदेशबाट धान किनेर खानुपर्ने अवस्था आउनु प्रति दुःख व्यक्त गरेका थिए । सो अवसरमा रोपाईको माहोलमा मायाप्रितिका भाषासँगै कृषकहरुले खेतमा सिचाईको व्यवस्था नभएको, रासायनिक मल, उन्नत वीउवीजन, प्रविधिको पहुँच नपुगेको आवाज उठाएर कृषिविज्ञ, पर्यटन व्यवसायी, जनप्रतिनिधीहरुको ध्यानाकर्षण समेत गराएका थिए ।

मौलिक गीत संगितमा रमाउँदै कालिका गाउँ पालिकाको आयोजनामा नेपाल पर्यटन बोर्ड, भिलेज टुरिजम प्रोमोसन फोरोम, पर्यटन विकास सूचना केन्द्र, कृषि विकास कार्यालय रसुवा, साना कृषक कषि सहकारी संस्था सहितका विभिन्न संघ संस्थाले कार्यक्रममा सहकार्य गरेका थिए ।
रसुवाका सांसद इन्जिनियर मोहन आचार्यले उद्घाटन गरेको २२ औं राष्ट्रिय धान दिवस २०८२, वृहत रोपाई महोत्सव, असारे घाँसे गीत प्रतियोगिता आईतबार जिबजिबे रसुवामा सम्पन्न भएको छ । गीत प्रतियोगितामा सहभागि कृषकहरुलाई आईतबार नै आयोजकले नगद र प्रमाण पत्र सहित पुरस्कृत गरेका थिए ।