भक्तपुरको ख्वप लाखे आजुको आज लोकार्पण

भक्तपुरको ख्वप लाखे आजुको आज लोकार्पण
भक्तपुर, भाद्र १५ गते
भक्तपुरको प्रसिद्ध लाखे नाँचको आज लाकार्पण भएको छ । हरेक वर्ष भदौ शुक्ल अष्टमीका दिन चाँगुनारायण नगरपालिका वडा नं. ७स्थित लाखे डोलमा पुगेर नाँच लोकार्पण गर्ने प्रचलन रहेको रञ्जितकार समाजका लक्ष्मी रञ्जितले जनाएको छ । आज लाखे डोलमा लाखे नाँच लाकापर्ण भएको उल्लेख गर्दै आजै गोल्मढी क्षेत्रमा लाखे नाँच प्रस्तुत गरिएको जनाएको छ । इन्द्र जात्रासँगै भक्तपुरको लाखे नाँच प्रस्तुत हुने चलन रहेको उल्लेख गर्दै उहाँले थथु जात्रा र कुथु जात्रा गरी दुई दिन भक्तपुरमा लाखे नाँच देखाईने र पुलुकिसी जात्राको दिनमा भने भक्तपुर नगरको गाईजात्रा पद्क्षिणा मात्रमा नाच देखाईने जनाएको छ । उहाँले भन्नु भयो यसपालि पुलुकिसी जात्राको दिनमा भक्तपुरको ख्वप लाखे आजुलाई नगर परिक्रममा गराउनुका साथै ब्व छायगु जात्रा पनि आयोजना हुने छ ।
यसपालि भाद्र २६ गते पुलुकिसी जात्रा परेको छ भने भाद्र २१ र २१ गते इण्द्रेणी जात्रा हुने छन् । सोही दिनमा भक्तपुरको लाखे नाच पनि प्रस्तुत हुने उहाँले बताए ।