बोजिनी ड्याम परिसरमा आज गरियो विशेष सरसफाइ

बोजिनी ड्याम परिसरमा आज गरियो विशेष सरसफाइ
मे २६ तारिख,
चाँगुनारायण नगरपालिकास्थित बोजिनी ड्याम परिसरमा आज विशेष सरसफाई कार्यक्रम आयोजना गरेको छ । परमेश्वरको मण्डली विश्व सुसमाचार समाजले आयोजना गरेको सो सरसफाई कार्यक्रमले दिगो पृथ्वी सिर्जना गर्न योगदान पुर्याएको आयोजकहरुको दाबी छ । परमेश्वरको मण्डलीका एक अधिकारीका अनुसार, “परमेश्वरले सृजनुभएको पृथ्वी मानव–जातिको बाँच्ने आधार हो र प्लास्टिक दुरुपयोगको गम्भीरताबारे जागरूकता जगाउन सो सरसफाई आयोजना गरेको थियो । कार्यक्रममा ४५० भन्दा बढी अभियान्ताहरुको सहभागिता थियो । धेरै सन्तहरू स्वेच्छाका साथ सरसफाइ गतिविधिमा सहभागी भएका थिए । सहभागि मध्ये एकले भने यो एउटा सानो गतिविधि हो, तर आफू रहेको स्थानीय समुदायदेखि नै वातावरणलाई सफा बनाएर, सहभागी स्वयंसेवकहरू मात्र होइन तर हेर्ने छिमेकीहरूले पनि वातावरण संरक्षणसम्बन्धी आफ्नो चेतना परिवर्तन गर्नेछन् भनी आशा गर्दछु” भन्नुभयो ।

परमेश्वरको मण्डलीका सन्तहरूले विश्वभरि अनवरत रूपमा वातावरण सरसफाइ गर्दैआएका छन् । नेपालमा पनि भक्तपुर लगायत हेटौंडा, काठमाडौं, ललितपुर जस्ता विभिन्न क्षेत्रका सहर, पार्क र सडकमा निरन्तर सरसफाइ गरिएको छ । साथै रक्त अभाव भएर जीवन जोखिममा परेका छिमेकीहरूलाई सहयोग गर्न हरेक वर्ष जारी हुने ‘निस्तार–चाडको प्रेम, जीवन बचाउने विश्वव्यापी रक्तदान अभियान’ गत वर्ष मात्र २१ पटक सञ्चालन गरिएको थियो । नर्सिङ होम र वृद्धाश्रम जस्ता सामाजिक कल्याण संस्थाहरूको भ्रमण गरेर आवश्यक सामग्री अनुदान गर्ने, सरसफाइमा सघाउने स्वयंसेवा, भूकम्पले क्षतिग्रस्त क्षेत्रमा मर्मतसम्भार सहयोग जस्ता विभिन्न गतिविधिमार्फत मण्डलीले स्थानीय समुदायको हेरचाह गर्दैआएको छ । नेपालमा गत मार्च महिनासम्म ५४,१५३ जनाले ९४१ वटा विभिन्न सामाजिक योगदानका गतिविधिहरू गरेका छन् । परमेश्वरको मण्डलीचाहिँ विश्वको १७५ वटा राष्ट्रका ७,८०० भन्दा बढी क्षेत्रहरूमा स्थापना भएको विश्वव्यापी मण्डली हो । पञ्जीकृत सदस्य संख्या ३९ लाख २० हजार रहेको परमेश्वरको मण्डलीले बाइबलको आधारमा पिता परमेश्वर र माता परमेश्वरलाई विश्वास गर्दछ । मण्डलीले सुरुको मण्डलीले जस्तै नयाँ करार निस्तार–चाड लगायत ३ चरणका ७ वटा चाडहरू मान्दछ । ख्रीष्टको शिक्षाअनुसार छिमेकीलाई प्रेम गर्दै मण्डलीले विपत्ति राहत कार्य, जलवायु परिवर्तन प्रतिरोध गतिविधि, रक्तदान कार्यक्रम जस्ता विभिन्न सामाजिक योगदानका गतिविधिहरू ३०,००० पटकभन्दा सञ्चालन गरिसकेको छ । यस्तो योगदानको कदरस्वरूप मण्डलीले संयुक्त राज्य अमेरिकाका तीन सरकारहरूबाट राष्ट्रपति स्वयंसेवा अवार्ड, गणतन्त्र कोरियाका तीन सरकारहरूबाट राष्ट्रपति अवार्ड, बेलायती महारानी स्वयंसेवा अवार्ड, ब्राजिलको विधायिकी पदक, पेरुको राष्ट्रिय सभा पदक आदि ५,००० भन्दा बढी अवार्डहरू प्राप्त गरेको छ । यस्ता अनवरत मानव कल्याणका गतिविधिका लागि नेपालमा पनि बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय, बुढानीलकण्ठ नगरपालिका, नेपाल रेडक्रस सोसाइटी जस्ता विभिन्न निकायहरूले प्रशंसा–पत्र, कदर–पत्र जस्ता पुरस्कारहरू प्रदान गरी मण्डलीको कार्यमा समर्थन जनाएको छ ।