हिजो उठाउन नसकेको योसिं द्यः (लिंगो) अहिले उठाउँदै

हिजो उठाउन नसकेको योसिं द्यः (लिंगो) अहिले उठाउँदै
भक्तपुर, बैशाख १ गते
वर्षको अन्तिम दिन आईतबार साँझ भक्तपुरको योसिंखेलमा योसिं द्यः (लिंगो) उठाउन हजारौ भक्तजनहरुले भरपूर प्रयास गरे । अलि अलि उठ्ने बितिकैै उत्साहित भएका जात्रालुहरु हसे हाईसे जति कराएपनि हसे हाईसेको तालमेल मिलेन । अन्तत रातभर प्रयास गरेपनि अधुरो रहयो । लिंगो करिवब४५ डिग्रीसम्म उठाइ सक्दा पनि उठान नसकेपछी सोमबार विहान देखि लिंगो उठाउने कार्य जारी छ । वर्षको अन्तिम दिन साँझ लिंगो उठाउने परम्परा अनुसार हिजो भरपूर प्रयास भएको थियो । लिंगो उठाउन आईतबार साँझ भैरवनाथको रथको अंसि भाचिएर योसिं द्यः (लिंगो) उठाउन धिला भएको थियो ।यद्यपी परम्परागत रुपमा लिंगो उठाउने प्रयास भएको थियो । आधुनिक दुईवटा क्रेनहरु ल्याएर भैरवनाथको रथको अंसि फेरेर गःहिटीबाट योसिंखेलसम्म रथ जात्रा गर्नेक्रममा एक जनाको किचेर मृत्यु र केही घाईते भएको थियो । लिंगो नउठेपछि भैरवनाथले उठाउने जनसृष्टि अनुसार लिंगो उठाउने बेला भेरवनाथको रथ योसिंखेल पुर्याउने परम्परा थियो । सोही परम्परा निभाउदा लिंगो उठाउन धिला भएको थियो ।


यद्यपी आज विहान देखि लिंगो उठाउन जात्रालुहरु लागि परेका छन् ५५ हटको लिंगो हसेहाइसे गर्दै वर्षको अन्तिम दिन उठाएर नयाँ वर्षको पहिलो दिन साँझ निदाउन दिएर ढाल्ने चलन छ । लिंगो ढालेपछि भोलि देखि स्थानीय जात्राहरु सुरु गर्ने चलन छ ।
विस्का जात्रा र नयाँ वर्ष २०८२ सालको अवसरमा सम्पूर्ण शुभचिन्तक, विज्ञापनदाता, दर्शक, श्रोता महानुभावहरुमा सुख, शान्ति, समृद्धि एवं सुस्वास्थ्य र दीर्घायुको हार्दिक मंगलमय शुभकामना ।