नेमकिपा १०मा चवाल अध्यक्षमा निर्वाचित

नेमकिपा १०मा चवाल अध्यक्षमा निर्वाचित

भक्तपुर, जेष्ठ १५ गते
नेपाल मजदुर किसान पार्टी १० वडा समितिको वडा सम्मेलन आज सम्पन्न गरी नयाँ नेतृत्व चयन गरेको छ । नेपाल मजदुर किसान पार्टीका सचिव एवं सांसद प्रेम सुवालले उद्घाटन गर्नु भएको सो सम्मेलनबाट लक्ष्मीप्रसाद चवालको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको हो । १७ सदस्य नयाँ कार्य समिति चयनकालागि आज कमलविनायकमा आयोजित सम्मेलनमा विशेष अतिथिको रुपमा भक्रपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, बागमति प्रदेशका सांसद सुरेन्द्रराज गोसाई, सृजना सैंजू, नेमकिपा भक्तपुर नगरका अध्यक्ष नारायणबहादुर दुवाल, वडाध्यक्ष लक्ष्मीप्रसाद ह्यौंमिखा सहितका अतिथिहरुले वडा सम्मेलनको महत्व बारे चर्चा गर्दै नेपाली राजनीतिमा नेमकिपाले सडक देखि सदनसम्म खेल्दै आएको भूमिकाहरु बारे प्रकाश पारेका थिए । कार्यक्रमा वडाका बुद्धिजीवी। किसान मजदुर, महिला तथा विद्यार्थीहरुको सहभागिता थियो