वरिष्ठ चलचित्र छायाँ निर्देशक गौरीशंकर धूँजु श्रेष्ठ पत्नी शोकमा

नेपाली चलचित्र उद्योगमा विगत ४ दशकदेखि निरन्तर रुपमा सक्रिय वरिष्ठ चलचित्र छायाँ निर्देशक गौरीशंकर धूँजु श्रेष्ठ यतिबेला पत्नी शोकमा पर्नु भएको छ । बि सं २०३६ साल फागुन २२ गते लगनमा जुडेमा यी जोडिको ४२ वर्षको सहयात्रा हिजो  मिति २०७८ साल माघ २८ गते तुंगिएको छ ।


विगत २ वर्षदेखि स्वास्थमा देखिएको समस्याको उपचार कै क्रममा ललितपुर स्थित नेपाल क्यान्सर हस्पिटल, हरिसिद्धीमा वित्नु भएकी एक छोरा र दुई छोरीका आमा ५८ वर्षिय श्रीमति सरिता धूँजू श्रेष्ठको हिजो मिति २०७८ साल माघ २८ गते शुक्रबार कै दिन छोरा गौरव शंकर धूँजूले दागबत्ति दिंदै, आराध्यदेव श्री पशुपति नाथ स्थित आर्यघाटमा अन्त्यष्टी गरिएको छ ।
चलचित्र उद्योगमा प्राविधिकको रुपमा प्रवेश गर्दै सन १९९०मा नेपाली चलचित्र कस्तुरीमा छाँया निदेशकको भूमिका निभाएका धूँजु ठुलो पर्दाका २२ वटा चलचित्रमा क्यामेरा निर्देशकका रुपमा कार्य गर्नुका साथै साना पर्दाका हजारौं सिरियल, विग्यापन लगायत मह सञ्चारका अधिकांश टेलिसिरियलमा कार्य गरेका धूँजु हाल एभरेष्ट फिल्म एक्याडेमीमा प्रिन्सीपलका रुपमा कार्यरत रहनुका साथै नेपाली चलचित्र उद्योग मै सक्रिय हुनुहुन्छ ।