चनपामा नगरव्यापी नृत्य प्रतियोगिता जारी
भक्तपुर, फार्गुण ११ गते
चाँगुनारायण नगरपालिका शिक्षा शाखाले आयोजना गरेको नगरस्तरीय नृत्य प्रतियोगिता अन्तर्गत वडा नं. ४,५ र ६ स्तरीय नृत्य प्रतियोगिता आज सम्पन्न गरेको छ । आज भएको प्रतियोगितामा क्वालिट इग्लिस स्कूल प्रथम भएको छ भने दोस्रोमा गाणेश मावि र तेस्रोमा दोलागिरी मा.वि.भएका छन् । विजयी टोलीलाई आज प्रमाण पत्र वितरण गर्दै नगर शिक्षा शाखाले नगर व्यापी फाइनल नृत्य प्रतियोगिता भने यसै फाल्गुण १३ गते गर्ने


जनाएको छ । वडा नं. १,२ र ३ व्यापी नृत्य प्रतियोगिता हिजो सम्पन्न गरेसँगै वडा नं. ४, ५, ६ स्तरमा आज सो प्रतियोगिता आयोजना गरेको थियो । यसै वीच वडा नं. ७, ८ र ९ स्तरिय नृत्य प्रतियोगिता भोली गर्ने आायोजक समितिले जनाएको छ ।१० वटा विद्यालयको सहभागितमा आज सम्पन्न क्षेत्रिय प्रतियोगितामा तौथली आ. वि. चौथो, र आरधना ज्ञानकुञ्ज पाँचौ भएको थियो ।












