लोकेश्वर साकोसमा शिक्षा शिविर सम्पन्न

लोकेश्वर साकोसमा शिक्षा शिविर सम्पन्न
लोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि.को शिक्षा तथा बचत उप–समितिको आयोजनामा संस्थाका नया“ सदस्यहरुको लागि शिक्षा शिविर सम्पन्न भयो । संस्थाका अध्यक्ष राजन जतिले अहिलेको सहकारीहरुमा देखिएका विभिन्न समस्याहरुलाई अँैंल्याउदै हामीले सहकारी संस्था चिनेर मात्र बचत करोबार गर्नु पर्ने बताउनु भयो । हाल संस्थाको अवस्था र सहकारीको महत्व, संस्थाले गर्दै आएका सामाजिक, आर्थिक तथा नैतिक जिम्मेवारी बहनका कुराहरुबारे सदस्यहरुलाई सु–सुचित गर्नुभयो । संस्थाले बचत तथा ऋण सम्बन्धी आर्थिक कारोबारका अलावा सामाजिक उत्तरदायित्व र सदस्यहरुलाई समय सुहाउदो विभिन्न शीपमूलक तालिमहरु पनि संचालन गर्दै आइरहेको बताउनु भयो । शिक्षा शिविर कार्यक्रमबाट प्रत्यक्ष रुपमा नया“ सदस्यहरु र संस्था बीच अन्तर सम्बन्ध कायम हुने कुरा बताउनु भयो । साथै सहकारीले प्रथाममिकताका साथ गर्नुपर्ने र गर्दै आएका

विभिन्न आर्थिक, सामाजिक तथा सांस्कृतिक कार्यहरु सम्बन्धी जानकारी दिनुभयो ।
संस्थाका संचालक सदस्य एवं शिक्ष्ाँ तथा बचत उप–समितिका संयोजक कृष्णराम तुकंबन्जारको सभापतित्वमा भएको उक्त कार्यक्रममा संस्थाका कोषाध्यक्ष पुण्यराम स्वंगमिखाले सहकारीको सिद्धान्त एवं आवश्यकता, सामाजिक उत्तरदायित्व र हालको अवस्था तथा संस्थाको स्थापनाकालदेखि गरेका विभिन्न गतिविधिहरु सम्बन्धमा प्रस्तुतिकरण दिनु भएको थियो । कार्यक्रममा तुल्सीलक्ष्मी दुमरु (बाटी) र प्रबन्धक प्रशान्त मानन्धरले पनि बोल्नु भएको थियो ।