स्वास्थ्य स्वयम्सेविका दिवसको अवसरमा चानपाका ९ जना स्वयम्सेवकहरु सम्मानित
भक्तपुर, मंसिर२० गते
२१ औं महिला सामुदायिक स्वास्थ्य स्वयम्सेविका दिवसको अवसरमा चाँगुनारायण नगरपालिकाका ९ जना स्वयम्सेविकाहरु सम्मानित भएका छन् । नगरपालिकाका प्रेत्यक वडाका उत्कृष्ठ एक एक जना गरी ९ जना स्वयम्सेविकाहरुलाई सम्मानित गर्दै आज चाँगु नारायण नगरपालिकाले २१ औं महिला सामुदायिक स्वास्थ्य स्वयम्सेविका दिवस मनाएको छ । स्वयम्सेवकहरुलाई सम्मानित गर्दै नगर प्रमुख जीवन खत्रीले नगरवासीहरुमा विभिन्न रोगबाट संक्रमित भई धनजनको क्षति हुने संभावना बढेकोे भन्दै स्वयम्सेवकहरुले निःस्वार्थहरुमा नगरवासीहरुलाई दिदै आएको सेवाप्रति आभार व्यक्त गर्नु भयो ।


नगरप्रमुख खत्रीले नगरवासीका असिमित आकाक्षाहरुलाई नीतिगत व्यवस्था अनुसार उपलब्ध श्रोतहरुलाई भेडभाव नगरि वितरण गरिरहँदा पनि नगरवासीहरु बीच नगरपालिकाले दिदै आएकोे सेवाहरु बारे राम्रो जानकारी हुन नपाएको भन्दै स्वयम्सेविकाहरुलाई नगरपालिकाको अभियानहरु लिएर घरदैलो पुग्न आग्रह गर्नु भयो । जिल्लाको सबै भन्दा बढी कृषि भूमि भएको नगरपालिकाको खेतिपातिमा विषाधीको अधिक प्रयोगले जनस्वास्थ्यमा पारेको प्रभाव चिन्ता जनक रहेको पाँचखालका कृषकहरुको अवस्थाबाट प्रष्ट हुने जानकारी दिदै नगर प्रमुख खत्रीले पुस महिना देखि चाँगुनारायण भ्रमण वर्ष २०८२को तयारी तिब्र हुने बताउनु भयो । नगरपालिकाको कार्यसम्पादन बारे समीक्षाको आवश्यकतामा जोड दिदै नगर प्रमुख खत्रीले नीतिगत व्यवस्था बाहेक थप सुविधा उपलब्ध गराएर स्वयम्सेविकाहरुलाई नगरवासीहरुको सेवामा परिचालन गर्न इच्छा व्यक्त गरेका थिए ।

कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत शिव प्रसाद हुमेगाईले तलब लिएर तोकेको काम गर्ने कर्मचारी राष्ट्र सेवक हुन नसक्ने उल्लेख गर्दै बास्तविक राष्ट्रसेवक स्वयम््सेवक भएको प्रष्ट्याउनु भयो । उहाँले आफ्नो नीजि स्वास्र्थ त्यागेर समाजकालागि जनस्वास्थ्यमा खेलेको भूमिका शब्दमा व्यक्त गर्न नसकिने कुरा राख्नु भयो । कार्यक्रममा नगरपालिकाको सामाजिक विकास समितिका संयोजक तथा वडाध्यक्ष जनक खत्रीले जननिर्वाचित भएर आएको ३ वर्षमा जनप्रतिनिधीले तय गरेको जनस्वास्थ्यका कार्यक्रमहरु जनताको बीचमा पुर्याउने र कार्यान्वयन गर्ने कार्य स्वास्थ्य स्वयम्सेवकहरुले गरेको प्रति प्रशंसा गर्दै उहाँले स्वास्थ्य संकटमा स्वयम्सेवकहरु घर दैलो पुग्ने पहिलो व्यक्ति भएकाले उहाँहरुको स्नोतिकालागि जनप्रतिनिधीहरुको ध्यानाकर्षण भएको बताउनु भयो ।
कार्यक्रममा चाँगुनारायण अस्पतालका प्रमुख तथा सुपरीटेन्डेट डा. अर्जुन कार्कीले समुदायमा हिड्ने स्वय्सेवकहरु जनस्वास्थ्यका बारेमा जानकार हुनुपर्नेमा जोड दिदै थप तालिम एवं परामर्श दिएर थप सक्षम गर्नुपर्नेमा जोड दिनु भयो साथै उहाँले चाँगुनारायण नगर अस्पतालले दिदै आएको स्वास्थ्य सेवा बारे जानकारी दिनु भयो । सामाजिक विकास शाखा प्रमुख निला कुमारी घिमिरेले १६ दिने महिला हिँसा विरुद्धको अभियान बारे प्रकाश पार्दै दीगो विकासका लक्ष्य प्राप्तिमा स्वयम्सेवकहरुको भूमिका महत्वपूर्ण रहेको बताउनु भयो ।
कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख दिलकुमार सुवाल, प्रशासन शाखाका अधिकृत सुरज पौडेल, जनस्वास्थ्य कार्यालय भक्तपुरका मेखराज पौडेल, शिक्षा शाखा प्रमुख दिनेश अर्याल, महिला सामुदायिक स्वास्थ्य स्वयम्सेविका सञ्जालका अध्यक्ष जमुना थापाले पनि स्वास्थ्य सेय्मसेवकहरुको योगदान, भूमिका र दायित्व बारे आआफ्नो धारणा राखेका थिए ।
सो अवसरमा स्वास्थ्य स्वयम्सेवक उर्मिला अवाल, प्रमिला प्रधान, भवानी कुसाथा, दुर्गा कुईकेल, गंगादेवी ढुंगाना, कान्छी लामा, सावित्री केसी, बीरकुमारी काफ्ले र कोपीला केसीलाई दोसला ओडाई, सम्मान पत्र र मायाको चिन्ह सहित सम्मानित गरेको थियो ।













