भक्तपुर ट्रक व्यवसायी संघले मनायो आज रजत जयन्ती

भक्तपुर ट्रक व्यवसायी संघले मनायो आज रजत जयन्ती
भक्तपुर, मंसिर २१ गते
भक्तपुर ट्रक व्यवसायी संघको रजत जयन्तीको उद्घाटन गर्दै नेपाल मजदुर किसान पार्टीका सचिव एवं सांसद प्रेम सुवालले १० अर्व भन्दा बढी लगानी रहेको यातायता व्यवसायलर्यई व्यवस्थित गर्न मेकानिकल र अटोमोबाईलका इन्जिनरियरहरुको उत्पादन बढाएर २० वर्षमा खेर जाने सवारी साधनलाई मर्मत गरी ४० वर्षसम्म पनि चलाउनुपर्नेमा जोड दिनु भयो । आर्थिक मन्दिले निमार्ण कार्य सुष्ट हुँदा धुवानी व्यवासय पनि प्रभावित हुँदा ब्याज र ऋण समेत तिर्न समस्या भएका व्यवसायीलाई खेर जाने सवारी साधनलाई मर्मत गरे सञ्चालनको व्यवस्था गर्न सरकारलाई आग्रह गर्नु भयो ।
संसद जनता र सांसदको आवाज सुन्ने ठाउँ भएपनि सुन्ने जस्तो मात्र गरेको राष्ट्रहितलाई ध्यान नदिइ नेपालमा उत्पादित विद्युत विदेशलाई दिएर ग्यास, पेट्रोल किनेर विदेशी ऋणमा डुब्ने सरकार भएकाले यातायात क्षेत्र पनि समस्यामा रहेको सांसद सुवालले बताउनु भयो ।


संघका अध्यक्ष लक्ष्मीप्रसाद गोराको सभापतित्वमा आयोजित सो कार्यक्रममा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष बिजय बहादुर स्वांरले सार्वजनिक यातायात सेवा प्रत्यक्ष जनतासँग जोडिएको व्यवसाय भएकाले यसलाई नागरिक मैत्री, आधुनिक र डिजिटलराजेशन गर्नुपर्नेमा जोड दिनु भयो । यातायात व्यवासयीले एउटा दुर्घटना व्यहोर्ने बितिकै व्यवसाय नै छोड्नुपर्ने बाध्यता देखिएको भन्दै अध्यक्ष स्वांरले १२ अर्ब लगानी १५ लाख रोजगारीले ४० लाख परिवार पालेको व्यवसाय भएकाले यस विषयमा सरकार गम्भिर भएर व्यवसायीहरुको मागलाई ध्यान दिन आग्रह गर्नु भयो ।
कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै यातायात ब्यवस्था विभाग भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका निर्देशक नरहरी तिवारीले व्यवसायीका साझा समस्यालाई नीतीगत रुपले सम्बोधनको आवश्यकतामा जोड दिनु भयो । कार्यक्रममा भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्यालले यातायात व्यवासय मुलुकको अर्थतन्त्रलाई अगाडी बढाउन महत्वपूर्ण योगदान रहेको चर्चा गर्दै व्यवसायीका साझा मागहरुलाई सम्बन्धित निकायमा पुर्याउन प्रमुख जिल्ला अधिकारीको हैसियतले भूमिका खेल्ने बताउनु भयो । कार्यक्रममा संघका संस्थापक अध्यक्ष विश्वराम कवां, भक्तपुर उद्योग व्यवसायी संघका वष्ठि उपाध्यक्ष कृष्णमुरारी न्यौपाने, संघका उपाध्यक्ष नातिभाई ह्यौम्बा, सचिव जितेन्द्र खायमली, नेपाल यातायात व्यवासयी राष्ट्रिक्ष् महासंघ मालबाहतर्फ ट्रक टिपर तथा हेवि ईक्युपमेन्टका नविन प्रजापति सहितका अतिथिहरुले शुभकामना मन्तव्यका साथ धुवानी व्यवसायीहरुका साझा समस्यालाई नीतिगत रुपले सम्बोधनकालागि सरोकारवालाहरुको ध्यानाकर्षण गराएका थिए ।