श्वेत भैरव साकोसको पोषण सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न

श्वेत भैरव साकोसको पोषण सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न

श्वेत भैरव बचत तथा ऋण सहकारी संस्था लिमिटेडको स्वास्थ्य उप समितिको आयोजना तथा ख्वप अस्पतालको प्राविधिक सहयोगमा ‘पोषण सम्वन्धि अभिमुखिकरण कार्यक्रम’ मंसिर १८ गते संस्थाको कार्यालय भवनमा सम्पन्न भयो ।

कार्यक्रममा यस संस्थाको स्वास्थ्य उप समितिका संयोजक रीता लाखेमरुले यस संस्थाबाट समय समयमा विभिन्न कार्यक्रम आयोजना गरिरहेको र हालको समयमा भोजन सम्बन्धि ज्ञानको कमिले गर्दा धेरै रोगहरु लागि रहेको बताउनु हुदंै यस कार्यक्रमबाट खाना सम्बन्धि ज्ञान लिई रोग लाग्नबाट वा नियन्त्रण गर्न सक्ने बताउनुभयो ।

ख्वप अस्पतालका पोषणविद्व (डाइटिसियन) श्री सुजना बासुकलाले प्रस्तुतिकरण गर्नु भएको थियो । उहाँले गर्भावस्था देखि नै खानपानमा बिशेष ध्यान दिएमा शरिर पछि सम्म पनि बलियो निरोगी हुने कुरा बताउनुभयो । उहाँले असन्तुलित खानाबाट रोग निम्त्याउने तथा सन्तुलित खानाबाट नै रोग निर्मुल गर्न सकिने बताउनु हुदै स्लाईड सो मार्फत राम्रो सँग बुझाई आफ्नो प्रस्तुति दिएका थिए