भक्तपुर महोत्सवबारे पत्रकार सम्मेलन
२०८१ कार्तिक २८
भक्तपुरको कला संस्कृति, जीवनशैली, स्थानीय उत्पादनलगायतको प्रवद्र्धन गर्दै आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने उद्देश्यका साथ भक्तपुर नगरपालिकाको आयोजनामा २०८१ मङ्सिर २८ गतेदेखि पुस २ गतेसम्म पाँचदिने भक्तपुर महोत्सव हुने भएको छ ।
भक्तपुर नगरपालिकाको आयोजनामा बुधबार सम्पन्न भक्तपुर महोत्सवबारे पत्रकार सम्मेलनमा भक्तपुर महोत्सव मूल समारोह समितिका संयोजक एवम् नगर प्रमुख सुनिल प्रजापतिले पर्यटन उद्योग मार्फत नगरको आर्थिक गतिविधि वृद्धि गर्दै नगर र नगरवासीको आर्थिक विकासमा योगदान पु¥याउने महोत्सवको प्रमुख उद्देश्य रहेको बताउनुभयो ।
प्रमुख प्रजापतिले महोत्सवलाई भव्य रुपमा सम्पन्न गर्न रु. १ करोड ५० लाख रुपैया“ बजेट बिनियोजन गरिएको बताउ“दै महोत्सवबाट रु. ६० लाख आम्दानी हुने अनुमान गरिएको बताउनुभयो ।
भक्तपुरको कला, संस्कृति, सम्पदा र यहा“को मौलिक उत्पादन तथा जीवनशैलीबारे स्वदेशी र विदेशी पाहुनाहरूलाई जानकारी गराउ“दै भक्तपुरलाई पर्यटकीय गन्तव्य स्थलको रुपमा विकास गर्ने लक्ष्यसहित महोत्सवको आयोजना भएको उहाँले बताउनुभयो ।
आन्तरिक पर्यटन प्रवद्र्धन गर्नु महोत्सवको अर्को उद्देश्य हो भन्दै उहाँले भक्तपुरका मौलिक खाद्य सामग्री, संस्कार र जीवनशैलीबारे प्रचारप्रसार गरि व्यवसायीकरणको लागि आवश्यक सहजीकरण गर्ने नीति पनि रहेको सोही क्रममा बताउनुभयो ।
भक्तपुर नगरपालिकाले पूर्खाले सिर्जेका अमूल्य सम्पदाहरुकोे सरंक्षण, प्रवद्र्धन र सदुपयोग गर्दै भक्तपुरमा पर्यटन उद्योगको आधार तयार पारिरहेको बताउँदै
भक्तपुर महोत्सव अतिथि सत्कार समिति संयोजक एवम् भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले भक्तपुर महोत्सवलाई भक्तपुरका गतिविधिहरु प्रदर्शन गर्ने अवसरको रुपमा सञ्चालन गरिने बताउनुभयो ।
२०५४ सालको भक्तपुर महोत्सवपछिको भव्य महोत्सवको रुपमा भक्तपुर महोत्सव २०८१ सञ्चालन हुने बताउँदै उहाँले सिंगो नगरलाई उत्सवमय बनाउन विभिन्न सञ्चारमाध्यम र पत्रकारहरुबाट आवश्यक प्रचारप्रसारमार्फत विशेष भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।
बैठकमा भक्तपुर महोत्सव सचिवालयका संयोजक गौतमप्रसाद लासिवाले महोत्सव तयारीको लागि हालसम्म भएको तयारी एवं गतिविधिहरुबारे संक्षेपमा प्रस्तुतीकरण गर्नुभएको थियो । उहा“ले २०७६ सालमा कोभिडका कारण स्थगित भएको भक्तपुर महोत्सवलाई यो वर्ष भव्य रुपमा सञ्चालन गर्ने तयारी भइरहेको बताउ“दै महोत्सवको लोगो र स्टिकर नेपालभाषा, नेपालीभाषा र अंग्रेजी गरी तीनवटा भाषा प्रकाशन भएको अवगत गराउनुभयो । उहा“ले आजबाट विधिवत रुपमा भक्तपुर महोत्सव सचिवालयको काम थालनी हुने बताउ“दै महोत्सवमा ३२ वटा विधा ८० स्थानमा महोत्सव सञ्चालन हुने बताउ“दै महोत्सवकै अवसर पारेर भक्तपुर नपाले स्मारिका र फोटो पुस्तक प्रदर्शनको तयारी गरेको बताउनुभयो ।
पत्रकार सम्मेलनमा विभिन्न सञ्चारमाध्यमका पत्रकारहरुले भक्तपुर महोत्सवको सफलताको शुभकामना दिँदै महोत्सवबारे रचनात्मक सुझावहरु दिनुभएको थियो ।
Featured Posts – Style 1
प्रधानमन्त्री राहत कोषमा भक्तपुर नगरपालिकाको रु. ७५ लाख ७१ हजार आर्थिक सहयोग
2026-09-07 Comments Off on प्रधानमन्त्री राहत कोषमा भक्तपुर नगरपालिकाको रु. ७५ लाख ७१ हजार आर्थिक सहयोग
प्रधानमन्त्री राहत कोषमा भक्तपुर नगरपालिकाको रु. ७५ लाख ७१ हजार आर्थिक सहयोग भक्तपुर । २०८३ भदौ २२ २०८३ भदौ १०...
सहकारी संस्थालाई बैङ्कको जस्तो बचत ऋणको कारोबार गर्न दिँदा सहकारीमा समस्या
2026-09-07 Comments Off on सहकारी संस्थालाई बैङ्कको जस्तो बचत ऋणको कारोबार गर्न दिँदा सहकारीमा समस्या
सहकारी संस्थालाई बैङ्कको जस्तो बचत ऋणको कारोबार गर्न दिँदा सहकारीमा समस्या भक्तपुर, २१ भदौ । “मिठो फलका लागि राम्रो बीउको...
ॐ कारेश्वर बहुउद्देश्यीय सामुदायिक भवनको समुद्घाटन तथा सहयोगिलाई सम्मान
2026-09-07 Comments Off on ॐ कारेश्वर बहुउद्देश्यीय सामुदायिक भवनको समुद्घाटन तथा सहयोगिलाई सम्मान
ॐ कारेश्वर बहुउद्देश्यीय सामुदायिक भवनको समुद्घाटन तथा सहयोगिलाई सम्मान भक्तपुर भक्तपुर नगरपालिका वडा नं. १०, कमलविनायकस्थित ॐ कारेश्वर प्रगति सेवा...
भक्तपुर वडा नं। ६ द्वारा उत्तीर्ण विद्यार्थीहरूलाई बधाई ज्ञापन तथा सम्मान कार्यक्रम सम्पन्न
2026-09-07 Comments Off on भक्तपुर वडा नं। ६ द्वारा उत्तीर्ण विद्यार्थीहरूलाई बधाई ज्ञापन तथा सम्मान कार्यक्रम सम्पन्न
भक्तपुर वडा नं। ६ द्वारा उत्तीर्ण विद्यार्थीहरूलाई बधाई ज्ञापन तथा सम्मान कार्यक्रम सम्पन्नभक्तपुरभक्तपुर नगरपालिका वडा नं। ६ वडा कार्यालयको आयोजनामा...
प्राज्ञ कवि प्रतिसरा सायमीलाई अभिनन्दन
2026-09-07 Comments Off on प्राज्ञ कवि प्रतिसरा सायमीलाई अभिनन्दन
भक्तपुर साहित्यिक समाजले प्राज्ञ कवि प्रतिसरा सायमीलाई नेपालभाषा र साहित्य क्षेत्रमा निरन्तर समर्पित भई पुर्याउनु भएकाे अमूल्य याेगदानकाे कदर गर्दै...












