२६ औं विविध भाषा साहित्य सम्मेलन बोदेमा हुने

२६ औं विविध भाषा साहित्य सम्मेलन बोदेमा हुने
मध्यपुर थिमी, कार्तिक ४ गते
मध्यपुर थिमीको बोदेमा २६ औ विविध भाषा साहित्य सम्मेलन तथा साँस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ । मध्यपुर थिमीका विभिन्न तोलहरुमा आयोजना हुँदै आएको विविध भाषाको २६ औं सृंखला मध्यपुर थिमी नगरपालिका वडा नं ८स्थित बोदेको लाय्कु त्वाःमा आयोजना हुने भएको हो । सम्मेलनमा सहभागि हुन चाहने महानुभावहरुले कार्तिक १५ गतेभित्र आफ्नो रचना बुझाउन आग्रह गरेको छ । कार्तिक १७ गते आयोजना हुने विविध भाषा साहित्य सम्मेलनले भाषा, कला र संस्कति बचाऔं, राष्ट्रिय भावना जगाऔं उद्घोष गरेकोे छ । कार्तिक १७ गते म्हपुजाको दिन विहान नगदेशबाट न्हु दँ साँस्कृतिक र्याली आयोजना गर्दै बोदेमा साहित्यिक कार्यक्रम तथा साँझ साँस्कृतिक कार्यक्रम आयोजना गर्ने कार्यक्रम रहेको २६ औं विविध भाषा साहित्य सम्मेलन तथा साँस्कृतिक ब्वज्याले जनाएको छ ।