निरीक्षण : शैक्षिक बदनाम गर्न हो वा विद्यालयकको कमजोरी हो
भक्तपुर, ९ असोज । अभिभावक संघ नेपाल जिल्ला कार्यसमिति भक्तपुरका अध्यक्ष रामकृष्ण प्रजापतिको नेतृत्वमा महेन्द्र विद्या आश्रम बाराही स्थानको बारेमा सामाजिक सञ्जालमा आएको विषयमा विद्यालय अनुगमन आइतवार गरियो ।
अनुगमनमा अध्यक्ष रामकृष्ण प्रजापतिले शैक्षिक क्षेत्रमा भक्तपुर अगाडि बढीरहेकोले अवस्थामा सामाजिक सञ्जालमा महेन्द्र विद्या आश्रम विद्यालयका बारेमा नकारात्मक कुराहरु आउन शैक्षिक बदनाम गर्न हो वा विद्यालयकको कमजोरी हो ? त्यसबारे स्पष्ट पार्न आग्रह गर्नु भयो । उहाँले प्रथम त्रैमासिक परीक्षामा फेल हुने विद्यार्थीहरुका अभिभावक भेला राखी एसईई आउन लागेकोले विद्यार्थीहरुले राम्रोसंग नपढेको, अटेर भएको पिटेर भएपनि तह लगाउनु पर्ने अवस्था आउन सक्ने भन्नुभएको कतिको जयज छ भनि प्रतिप्रश्न गर्दै कुनैपनि हालतमा पिटेर पढाउन नपाइन बरु खेलाई खेलाई पढाउनु पर्ने, म्यष्लन बलम भिबचलष्लन माध्यमबाट सिकाए धोकन्थे विद्या आवश्यक नभएको बताउनुभयो । उहाँले कमजोर विद्यार्थीहरु भनेर कक्षा वर्गिकरण गरे आफु अपमानित भएको महशुस गर्ने भएकोले त्यस्तो गर्न नपाईने बरु कोचिङ्ग कक्षा संचालन गर्नुपर्ने बताउनु भयो । उहाँले अभिभावक शिक्षा र मनोबैज्ञानिक तरिकाबाट पठनपाठन गराउनुपर्ने बताउनुभयो । उहाँले पहिलो त्रैमासिक परीक्षालागि शुल्क तिर्न जाँदा जरिवाना तिर्न लगाएको र नतिर्नेहरुलाई विलमा लेखेकोले अभिभावकहरुले भेटेर कुरा गर्न महेन्द्र मास्के सरले समय नदिएको साथै कक्षा १ देखि उक्त विद्यालयमा पढाउँदा समेत अभिभावकलाई सम्मान नभएको हेपाहा प्रवृति भएको भनि गुनासो समेत रहेको र जरिवानको विषयमा शिक्षा ऐनले अधिकार नदिएको बताउनुभयो । उहाँले भन्नुभयो ।
कार्यक्रममा विद्यालय संचालक महेन्द्र मास्केले संचारको अभावले भ्रम सृजना भई सामाजिक सञ्जालमा आएको विषयमा सम्बन्धित व्यक्तिसंग कुराकानी भई सकेको बताउनु भयो । उहाँले कोरोना पछि धेरै बच्चाहरु मोबाइलमा विग्रेको र अटेर भएको बताउनु भयो । उहाँले चाँड पर्वमा शिक्षकहरु पनि भोक पेटले काम गर्न नसक्ने भएकोले समयमै शुल्क तिराउन, समयनिष्ठ बनाउन दिन गन्ति पचास रुपैंया जरिवानाको व्यवस्था गरेको बताउनुभयो । उहाँले बालबालिकाहरुमा मेहनत गर्ने, श्रम गर्ने भावना हराउँदै गएको छ भन्नुभयो । उहाँले घरमा अभिभावकहरुले बालबालिकालाई हेरचाह नगर्दा र आधारभूत ज्ञान शीप र आचरण नदिँदा विद्यार्थीहरु अनुशासन र नैतिक शिक्षामा कमि आएको बताउनुभयो । उहाँले शिक्षकहरु पनि आफ्नो लक्ष्य शिक्षक बन्ने नभएकोले पनि समस्या आएको बताउनुभयो ।
अनुगमनमा अभिभावक संघ नेपाल जिल्ला कार्य समितिका सचिव आशराम सुवाल र सह सचिव राजकुमार लघुको पनि उपस्थित रहेको थियो ।













