भक्तपुरका ३२ हजार बालबालिकाहरुलाई भिटामिन ए र जुकाको ओषधी खुवाइदै
भक्तपुर, कार्तिक २ गते ।
भक्तपुरका ३२ हजार बालबालिकाहरुकालागि भिटामिन ए क्याप्सुल र जुकाको औषधी खुवाउने भएको छ । आज र भोली गरी जिल्लामा रहेका ३२ हजार बालबालिकाहरुलाई भिटामिन ए क्याप्सुल र जुकाको औषधी खुवाउन जिल्लाका ४ वटै नगरपालिकामा स्वयमसेवकहरु परिचालन भएका जनस्वास्थ्य कार्यालय भक्तपुरले जनाएको छ । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित कार्यक्रम अनुसार कार्तिक २ र ३ गते गरी देशभर यो अभियान सञ्चालन गरेको हो । मन्त्रालयका अनुसार ६ मनिा देखि ५ वर्षमुनिका बालबालिकालाई भिटामिन ए क्याप्सुल र एक वर्ष देखि ५ वर्ष मुनिका बालबालिकाहरुलाई जुकाको औषधी खुवाउनुका साथै ६ महिना देखि २३ महिनासम्मका बालबालिकाहरुलाई यसै अभियान अन्तर्गत सुस्म पोषक तत्व (बालभिटा) वितरण एवं पोषण लेखाजोखा गर्ने व्यवस्था गरेको जनस्वास्थ्य कार्यालय भक्तपुरका पारवति विष्टले जनाएको छ । यस अवसरमा नियमित खोप लगाउन छुटेका भए नजिकैको स्वास्थ्य संस्थामा गएर खोप लगाउन पनि मन्त्रालयले अनुरोध गरेको छ ।
















