८४ वर्षका मिश्री दुमरुको आज चन्द्र रथारोहण गरियो

८४ वर्षका मिश्री दुमरुको आज चन्द्र रथारोहण गरियो
भक्तपुर, कार्तिक १ गते
भक्तपुर नगरको चोर्चा बस्ने वर्ष ८४ की मिश्री दुमरुलाई आज जंक्व गरेको छ । दुमरुकी सन्तती र परिवारजनले रथमा विराजमान गरी भक्तपुर नगर परिक्रममा गरेर मिश्री दुमरुको आज जंक्व अर्थात भिमरथारोहन गरेका हुन । ७७ वर्ष ७ महिना ७ दिनको उमेर पुगेपछि पहिलो पटक जक्व गर्ने नेवार समुदायको प्रचलन रहे पनि ८४ वर्षको उम्मेरमा मात्रै जंक्व गरेका पारिवारिक श्रोतले जनाएको छ । जक्वं गरेका मानिसले देवत्व ग्रहण गर्छ भन्ने जनविश्वास छ ।


दोस्रो भिमरथारोहण गर्न ८३ वर्ष चार महिना चार दिन पुग्नुपर्ने मान्यता अनुसार मिश्री दुमरुको आज चन्द्ररथारोहण भएको छ । भिमरथारोह गर्ने परम्परा अनुसार ८८ वर्ष आठ महिना र आठौं दिनमा तेस्रो रथारोहण गर्ने परम्परा छ । यसलाई महारथारोहण भनिन्छ भने ९० वर्ष नौ महिना र नौ दिन पुग्दा चारौ पटकको रथारोहण गर्ने चलन छ । यसलाई देवरथारोहण भनिन्छ भने पाँचौ रथारोहण एक सय वर्ष १० महिना र १० दिनमा गर्ने चलन छ यसलाई महादेवरथारोहण भन्ने चलन छ ।