तःमुज्याकालागि साँस्कृतिक बाजा सहित चन्दासंकलन
भक्तपुर, असोज २२ गते
४४ औं नेपाल भाषा साहित्य तःमुज्या तथा साँस्कृतिक ब्वज्याको प्रचारार्थ आज साँस्कृतिक बाजा सहित चन्दा संकलन कार्य आयोजना भएको छ । कमलविनायकबाट च्याम्हासिंह,देगइना, दुगुरे सहितका क्षेत्रमा मौलिक धिम्या, भुछ्या बजाएर तःमुज्याको प्रचार प्रसार गर्दै आवश्यक आर्थिक संकलन कार्य आयोजना भएको संचार संयोजक विकुराम तजलेले जनाएके छ । हात हातमा नाग्लो र तःमुज्याको पर्चा सहित तःमुज्याको प्रचारप्रसार र सहयोग सकंलन गरेका हुन । तःमुज्या आयोजना गर्न आवश्यक आर्थिक भौतिक सहयोग जनताबाटै चन्दा उठाएर हरेक वर्ष दशमी पश्चातको द्वादर्शी र त्रयोदर्शीका दिन नेपाल भाषा साहित्य तःमुज्या एवं सांस्कृतिक ब्वज्या आयोजना हुँदै आएको छ ।














